Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार २८ गते, आईतवार समय ०५:५८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड

  • २०८१ भाद्र १३, बिहीबार ०२:०१ गते प्रकाशित
  • पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड

    म्याग्दी (बेनी) – प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ ।

    प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यवस्थित कुण्डसहित कार्यालय भवन, पहुँच मार्ग, पदमार्ग, बाहिरी कुण्डलगायतका पूर्वाधार निर्माण भइसकेका छन् । यहाँ उपचारका लागि भनेर आउने व्यक्तिको शुल्क, सहयोग तथा सरकारी बजेटबाट कुण्डलाई व्यवस्थित गरिएको र बिरामीको सहजकताका लागि प्रविधिमैत्री संरचना निर्माणको पहल थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

    उनकानुसार गत आवमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराको रु १५ लाख बजेट र समितिको रु तीन लाख लागत साझेदारीमा मुख्य कुण्डको प्रवेशद्वार निर्माण गरिएको छ । भक्तपुरे इट्टाको प्रयोग गरेर निर्माण भएको प्रवेशद्वारले तातोपानी कुण्ड परिसरलाई आकर्षक र कलात्मक बनाइएको छ । गत वर्ष कुण्डमा स्नान गर्न आउनेका लागि कपडा फेर्ने भवन, मुख्य कुण्डको छानो पुनः निर्माण, कुण्ड परिसरमा पदमार्ग, तातोपानीको चिनारी स्तम्भलगायतका पूर्वाधार निर्माण गरिएका छन् ।

    कुण्ड परिसरमा थरिथरिका फूलका बिरुवा रोपेर सौन्दर्यकरण गरिएको छ । एक वर्षको अवधिमा पूर्वाधार निर्माण र सुविधा विस्तारमा आन्तरिक आम्दानीबाटै करिब रु ३० लाख लगानी गरेको कुण्ड व्यवस्थापन समितिले बाहिरी कुण्डमा जाने प्रवेशद्वार र टिकट काउण्टरसमेत कलात्मक शैलीमा निर्माण गरिरहेको छ भने नुहाउने पानीको लागि ३० वटा धारामा एकसाथ तातोपानी पुग्ने पूर्वाधार बनाइरहेको छ ।

    पूर्वाधारलाई अपाङ्गतामैत्री र प्रविधिमैत्री बनाउनुका साथै कुण्डमा जानका लागि लिफ्ट जडान गर्ने र विद्युतीय ह्वील चियरको प्रबन्ध गर्ने तयारी भइरहेको अध्यक्ष खड्काले जानकारी दिए । “लिफ्ट प्रविधि जडानका लागि विज्ञ प्राविधिकको टोलीद्वारा स्थलगत अध्ययन गराइसकेका छौँ, अब टोलीको प्रतिवेदन र सुझावका आधारमा पूर्वाधार बनाउन आवश्यक पहल थालिने छ”, उनले भने, “कुण्डलाई जलचिकित्सासँग जोडेर फिजियो र मसाज थेपारीको सेवा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार र आवश्यक मेसिन उपकरणको बन्दोबस्त गरिएको छ ।”

    यहाँ सङ्घीय सरकारको रु ५० लाख र कुण्ड व्यवस्थापन समितिको रु तीन करोडभन्दा बढी लगानीमा जलचिकित्सा सेवाका लागि भवन निर्माण गरिएको र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बराबरको मेसिन उपकरण प्राप्त भइसकेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

    कुण्डलाई प्राकृतिक चिकित्सालयका साथै धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न गत साउनदेखि हरेक साताको सोमबार सन्ध्याकालीन आरतीसमेत सुरु गरिएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । म्याग्दी नदीको किनारमा रहेको र कुण्ड परिसरमा शिवालय मन्दिर रहेकाले सन्ध्याकालीन आरती सुरु गरिएको र यसले धार्मिक र आध्यात्मिक पर्यटनको विकास गराउन सहयोग पुग्ने उनको भनाइ छ ।

    तातोपानीको मुख्य कुण्डमा एक सातासम्म बसेर प्राकृतिक उपचार गर्नका लागि वार्षिक करिब २० हजार मानिस आउने गरेका छन् । त्यसका लागि रु तीन सय शुल्क लिने गरिएको छ । आन्तरिक पर्यटकका लागि बाहिरी भागमा दुई वटा नयाँ कुण्ड निर्माण गरिएका छन् ।

    आर्थिक वर्ष २०८०/८१ मा उपचारका लागि मात्रै १९ हजार चार सय तीन जनाले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशमबहादुर कार्कीले जानकारी दिए। गत आवमा स्नानका लागि आएका बिरामीको शुल्कबाट रु ६७ लाख ९१ हजार ५०, चन्दा सङ्कलनबाट रु ४५ लाख १० हजार, मन्दिरबाट रु छ लाख नौ हजार आठ सय ३२ र आजीवन सदस्यताबाट रु पाँच लाख १० हजार नौ सय ११ सङ्कलन भएको उनले बताए । “कुण्डमा आउने बिरामीले तिर्ने शुल्कबाट प्राप्त हुने रकमबाट सरकारलाई १३ प्रतिशत भ्याट कर तिर्ने र २५ प्रतिशत रकम बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । अन्य रकम कुण्ड व्यवस्थापनमा परिचालन भएका कर्मचारीको तलब, स्थानीय सरस्वती माविका शिक्षकको तलबमा सहयोगका साथै कुण्डको पूर्वाधार निर्माणमा परिचालन हुने गरेको छ”, कार्कीले भने ।

    गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेर बाहिर निस्किएर कम्बल वा बाक्लो कपडा ओढेर पसिना बगाएपछि नजिकै बनाइएका तातोपानीका धारामा नुहाउने गरिन्छ । यहाँ नियमित नुहाउनाले ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने विश्वास छ ।

    • म्याग्दीको तातोपानी कुण्ड पूर्वाधार र प्रविधिमैत्री बन्दै

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational