Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार २८ गते, आईतवार समय ०६:१०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

कुलमान हटाउने निर्णयले अप्ठेरोमा सरकार, गठबन्धनभित्रै बढ्यो आक्रोश

  • २०८१ चैत्र १२, मंगलवार ०९:५९ गते प्रकाशित
  • कुलमान हटाउने निर्णयले अप्ठेरोमा सरकार, गठबन्धनभित्रै बढ्यो आक्रोश

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अप्ठेरोमा परेको छ। सरकारले आशा जगाउनेगरि काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त भइरहेका बेला घिसिङ हटाउने निर्णयपछि सरकारमाथि संकट बढेको हो।

    प्रतिपक्षी दल मात्रै होइन सत्तारुढ दलभित्र सरकारमाथि चर्को आक्रोश व्यक्त भएको छ। सत्तारुढ दल नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णयको विरोध गरेका छन्।

    ‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो। तर विडम्बना त्यो भएन। निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,’ थापाले भनेका छन्।

    यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सामाजिक सञ्जालमार्फत सरकारको निर्णय आपत्ति जनाएका छन्। दुई तिहाइको दम्भ देखाएको भन्दै प्रचण्डले सरकारको निर्णयको आलोचना गरेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि घिसिङ हटाउने सरकारको निर्णयको आलोचना गरेका छन्। ‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ,’ उनले भनेका छन्।

    राप्रपा मात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि बत्ती निभाएर सरकारको निर्णयको विरोध जनाएका छन्। विभिन्न राजनीतिक दलका नेताले मात्रै होइन सामाजिक सञ्जालमा सरकारको निर्णयविरुद्ध चर्को आक्रोशको लहर नै चलेको छ।

    एकातिर राजावादीहरुले अहिलेको प्रणालीमाथि नै प्रश्न उठाएर सरकार विरुद्धको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्न माहोल बनाउन खोजोरहेका बेला घिसिङलाई हटाउने निर्णयले ओली नेतृत्वको सरकार थप अप्ठेरोमा परेको हो। यसअघि सत्तारुढ दलकै सांसदहरुले संसदमा पनि घिसिङलाई हटाउन खोजेको तथा लोडसेडिङबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिएको अभिव्यक्तिको विरोध जनाएका थिए।

    सत्तारुढ गठबन्धन भित्रै पनि कांग्रेस-एमालेबीच राम्ररी समझदारी बन्न सकेको छैन। तर, सोमबार साँझको मन्त्रिपरिषद् बैठकअघि ओलीले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग सिंहदरबारमा छलफल गरेर आफू ‘कम्फर्टेबल’ अवस्थामै रहेको सन्देश दिन खोजेका थिए।

    उनीहरुबीच संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने सहमति भएको थियो। फागुन २५ गतेको राजावादीहरुको काठमाडौं प्रदर्शनअघि नै प्रचण्डले देउवालाई राष्ट्रिय सहमतिको सरकारका लागि प्रस्ताव गरिसकेको प्रचण्ड निकट नेताहरुले बताउने गरेका छन्। जसबारे पनि ओली जानकार नै छन्।

    ओलीले सत्ता सहयात्रामा रहेका देउवालाई नै झस्काउने गरी चैत ७ गते प्रतिनिधि सभामा बोल्दै प्रचण्डसँग पटक पटक सम्पर्क गर्न खोजेको खुलाएका थिए। जसपछि सत्ता गठबन्धनमा झनै संशय पैदा भइरहेको छ। प्रचण्डले गरेको प्रस्तावमा देउवाले रुची नदेखाएकाले मात्रै अहिलेको सत्ता समीकरण चलिरहेको छ। घिसिङ हटाउने निर्णयपछि कांग्रेसभित्रै पनि ओली नेतृत्वको सरकारको विकल्प खोज्नेबारे बहस सुरु भइसकेको छ। जसकारण पनि ओली नेतृत्वको सरकार अप्ठेरोमा परेको हो।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational