Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २६ गते, आईतवार समय १७:४३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

लोकप्रिय समाचार

  • 1. सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • 2. आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
  • 3. मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
  • 4. निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
  • 5. निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ

  • २०८२ जेष्ठ १५, बुधबार २१:२४ गते प्रकाशित
  • जेनेभा । संयुक्त राष्ट्रसंघ सन् २०२५ देखि सन् २०२९ सम्म औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहेको चेतावनी दिएको छ ।

    राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले प्रकाशित गरेको वार्षिक जलवायु रिपोर्ट अनुसार सन् २०२३ र २०२४ मा रेकर्ड गरिएको दुई सबैभन्दा तातो वर्षपछि पृथ्वीको तापक्रम ऐतिहासिक स्तरमा रहने अपेक्षा गरिएको छ ।

    “हामीले भर्खरै रेकर्डमा १० सबैभन्दा तातो वर्षहरू अनुभव गरेका छौँ”, डब्लुएमओका उपमहासचिव को ब्यारेटले भने, “दुर्भाग्यवश, यो डब्लुएमओ रिपोर्टले आगामी वर्षहरूमा राहतको कुनै संकेत प्रदान गर्दैन र यसको अर्थ हाम्रो अर्थव्यवस्था, हाम्रो दैनिक जीवन, हाम्रो इकोसिस्टम र हाम्रो ग्रहमा बढ्दो नकारात्मक प्रभाव पर्नेछ ।”

    सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो ।

    मानवताले औद्योगिक रूपमा कोइला, तेल र ग्यास जलाउन सुरु गर्नुअघि सन् १८५०–१९०० को औसतको तुलनामा लक्ष्यहरू गणना गरिएको छ । कोइला, तेल र ग्यासले कार्बन डाइअक्साइड (सिओ२) उत्सर्जन गर्दछ । हरित गृह ग्यास मुख्यतया जलवायु परिवर्तनका लागि जिम्मेवार छ ।

    अधिक आशावादी १.५ डिग्री सेल्सियस लक्ष्य त्यो हो जुन जलवायु वैज्ञानिकहरूको बढ्दो सङ्ख्याले अब प्राप्त गर्न असम्भव ठान्छ, किनकि सिओ२ उत्सर्जन अझै बढिरहेको छ ।

    डब्लुएमओको पछिल्लो अनुमानहरू धेरै विश्वव्यापी केन्द्रहरूबाट पूर्वानुमानको आधारमा बेलायतको मौसम विज्ञान कार्यालयको राष्ट्रिय मौसम विज्ञान सेवाले संकलन गरेको छ ।

    एजेन्सीले सन् २०२५ र २०२९ को बीचमा प्रत्येक वर्षका लागि विश्वव्यापी औसत सतहको तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १।२ डिग्री सेल्सियस र १.९ डिग्री सेल्सियसको बीचमा हुने पूर्वानुमान गरेको छ ।

    एजेन्सीले सन् २०२५–२०२९ अवधिमा औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहेको बताएको छ ।

    “यो सन् २०२० को दशकको अन्त्य वा सन् २०३० को दशकको सुरुमा दीर्घकालीन आधारमा १.५ डिग्री सेल्सियस पार गर्ने हाम्रो निकटतासँग पूर्ण रूपमा अनुरूप छ”, मेनाथ विश्वविद्यालयमा आइरिश जलवायु विश्लेषण र अनुसन्धान एकाइ समूहका निर्देशक पिटर थोर्नले भने, “म दुईदेखि तीन वर्षमा यो सम्भावना सत प्रतिशत हुने आशा गर्दछु ।”

    डब्लुएमओका अनुसार सन् २०२५ देखि २०२९ सम्मको कम्तीमा एक वर्ष रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष(सन् २०२४) भन्दा बढी हुने सम्भावना ८० प्रतिशत छ ।

    प्राकृतिक जलवायु परिवर्तनलाई सहज बनाउन धेरै विधिहरूले दीर्घकालीन तापक्रमको मूल्याङ्कन गर्ने डब्लुएमओका जलवायु सेवा निर्देशक क्रिस्टोफर हेविटले पत्रकार सम्मेलनमा बताए ।

    सम्बन्धित समाचार

    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational