Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ श्रावण २ गते, बिहीबार समय ०५:१३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा

देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर
रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर

लोकप्रिय समाचार

  • 1. यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
  • 2. मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
  • 3. हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
  • 4. देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
  • 5. बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ


  • २०८२ असार १०, मंगलवार १६:४७ गते प्रकाशित
  • आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइएको बताएका छन् ।

    प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुब्बाले यस्तो बताएका हुन् ।

    उनले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने स्पष्ट पारे । मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अगाडि बढाएको स्पष्ट पारेका छन्।

    सुशासन र विद्युतीय शासन प्रवर्द्धन एवं सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले बजेटमा विनियोजित बजेट मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित छ वटा क्षेत्रमा आधारित रहेको जानकारी दिए ।

    उनले भने, ‘सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रयोगहरूको अधिकतम उपयोग गर्ने, निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि उद्योगको विकास गर्ने, सूचना प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी विकासको आधार स्तम्भको रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइएको छ ।’

    सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने सूचना प्रविधि मन्त्रालयको दीर्घकालीन सोच रहेको समेत उनले उल्लेख गरे ।

    मन्त्रालयको आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम र बजेट मूलतः आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रण गरी छ वटा क्षेत्रमा आधारित रहेको कुरा जानकारी गराउँदै उहाँले आर्थिक वर्ष २०८२/८३ मा यस मन्त्रालय र अन्तर्गतका निकायसमेतका लागि रु सात अर्ब, ७१ करोड, ९९ लाख विनियोजन भएको बताए ।

    जसमध्ये ७५ प्रतिशत चालुतर्फको अनिवार्य दायित्वको रूपमा रहेको रकम हो भने बाँकी रकम पुँजीगत खर्चतर्फ विनियोजन भएको छ । यसका साथै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल दूर सञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण संस्थाले समेत नेपाल सरकार र आफ्नै आन्तरिक स्रोतसमेत परिचालन गर्दै आएका छन् ।

    सुशासन र विद्युतीय शासन प्रवर्द्धन एवं सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध छ । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका मन्त्रालय सम्बद्ध विषयहरूको कार्यान्वयन र तोकिएका सूचकहरूको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरूको एकीकृत कार्य योजना तयार गरी साउनदेखि कार्यान्वयनमा ल्याउने र नियमित अनुगमन र मूल्यांकन गरिने उनले जानकारी दिए ।

    उनले मन्त्रालय सम्बद्ध विषयहरूको कार्यान्वयन र तोकिएका सूचकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरूको एकीकृत कार्य योजना तयार गरी सोहीअनुरूप अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

     

    सम्बन्धित समाचार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
    मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
    मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
    हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
    हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
    देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
    देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
    बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
    बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
    रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर
    रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational