Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार २८ गते, आईतवार समय ०६:०९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

जसलाई गरिबीले पलपल मारिरहेको छ

  • २०८२ आश्विन ९, बिहीबार ११:०१ गते प्रकाशित
  • जसलाई गरिबीले पलपल मारिरहेको छ

    सिरहा । लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ । झुप्रोको कुना-कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन । असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधीहुरी चलेको छ ।

    श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकैपटक आइपरेको छ । ‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन । कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’, उनले भनिन् । तीन नाबालक छोराहरू, जो क्रमशः कक्षा ९, ८ र ५ मा अध्ययनरत छन् । आमासँग कुरा गरिरहँदा बुबाको मृत्युबारे बुझे/नबुझे झैँ अनुहार लुकाउँदै तीनै भाइ भित्तातिर हेरेर टोलाइरहेका थिए ।

    बद्री पासवान चार वर्षदेखि गम्भीर रोगसँग लडिरहेका थिए । सुरुमा उहाँलाई ‘डाइबेटिज’ भयो, पछि दुवै मिर्गौलाले काम नगरेर प्राण त्याग गर्नुपर्‍यो । सीता र छोराहरूको सङ्घर्ष त उनी बिरामी भएसँगै सुरु भइसकेको थियो । मृत्युले त त्यो पीडालाई नयाँ रूप मात्रै दिएको हो । अब त त्यो पीडालाई एकल जीवनको जिम्मेवारीले थिचेको छ ।

    पाँच धुर गाउँब्लकको जमिनमाथि बनेको माटोको झुप्रोमा पासवान परिवारले टाउको लुकाइरहेको छ । नगरपालिकाले जस्ता दिने भनेको छ, तर त्यो छानो हाल्न सक्ने आर्थिक स्थिति छैन । ‘दैनिक ज्यालामा गुजारा चलाउँदा छाना बनाउने खर्च कहाँबाट ल्याउनु !’ सीता भन्छिन् ।

    विगतमा उनले श्रीमानको पीडासँग सङ्घर्ष गरिन् । अहिले श्रीमानको अनुपस्थितिमा सङ्घर्षको दायरा थप फराकिलो भएको छ । यो सम्झँदा सीताका आँखामा आँसु रोकिँदैनन् । ‘जब छोराहरूलाई भोकै सुत्न बाध्य हुन्छन्, तब भोकभन्दा ठूलो पीडा हुन्छ । स्कुल शुल्क तिर्न नसक्दा, किताब किन्न नसक्दा भविष्यको बाटो छेकिएको महसुस हुन्छ’, उनी भन्छिन् ।

    छिमेकी राजकुमार सदा पासवान परिवारको पीडाले भावुक हुन्छन् । उनी भन्छन्, ‘बद्री त गइहाले, तर त्योभन्दा ठूलो पीडा यो परिवारको हालत देख्दा हुन्छ, मन भक्कानिन्छ । खाने अन्न छैन, बस्ने घर छैन । गरिबीले पलपलमा दुःख दिइरहेको छ ।ु

    सँगै मर्ने बाँच्ने कसम खाएका जीवन साथी गए । बाँचेकाहरू पनि अभावसँग लड्दैछन् । त्यसैमा चार वर्षदेखि बेपत्ता एउटी छोरी सम्झदा झन् पीडा हुन्छ सीतालाई । ‘मानसिक अवस्था ठीक थिएन, केही वर्षअगाडि सडकमा देखेको भनेर कसैले भनेका थिए, तर खोज्न सकिनँ, अब पश्चातापबाहेक केही छैन’, सीताले भनिन् ।

    बद्रीको मृत्युपछि लहान नगरपालिकाले राहतस्वरूप केही खाद्य सामग्री दिएको थियो । यसले केही दिन चुल्हो बले पनि अभाव हट्ने कुरो भएन । नगरप्रमुख महेशप्रसाद चौधरी भन्छन्, ‘यो राहत तत्कालका लागि हो, तर दीर्घकालीन समाधानका लागि पनि पहल गर्नेछौं ।’

    नगर क्षेत्रभित्रका विपन्न परिवारमा कसैको मृत्यु भएमा नगरपालिका राहत लिएर पुग्ने गरेको उनको भनाइ छ । ‘मेरो कार्यकालमा दुई सयभन्दा बढी मुसहर समुदाय र सयौँ दलित, गरिब परिवारलाई राहत वितरण भइसकेको छ । यो पासवान परिवारलाई पनि थप सहयोग गर्छौं’, नगरप्रमुख चौधरीको भनाइ छ ।

    वडा नं १४ का अध्यक्ष धानिकलाल यादवले नरपालिकासँग समन्वय गरेर पासवान परिवारका लागि घर बनाउन पहल गर्ने बताउँछन् । उनले भने, ‘एक त गरिबी, त्यसैमा श्रीमान्को मृत्यु, अनि छोरी हराएको पीडा । यी सबै सीता दिदीका लागि असह्य बनेका छन् । यस्ता समस्यामा परेकालाई तत्काल राहत दिनु र दीर्घकालीन उपायको खोजी गर्नु हाम्रो कर्तव्य हो ।’ वडाध्यक्ष यादवका अनुसार घर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पालिकास्तरमा छलफल चलिरहेको छ ।

    सीता भने ‘घर’ मात्रै नभई त्यसभित्रको भविष्य झन् महत्त्वपूर्ण रहेको बताउँछिन् । ‘त्यो भविष्य भनेको छोराहरूको शिक्षा हो । यदि समयमै साथ, सहारा र सहयोग पाइयो भने मेरा सन्तानले बुबाको सपना पूरा गर्न सक्छन्’, उनी भन्छिन् ।

    सीता पासवानको आँखामा आँसु मात्रै होइन, आशा पनि देखिन्छ । एक दिन त केही राम्रो हुनेछ, केही उज्यालो हुनेछ भनेर । सबैबाट सहयोग भए मात्रै यो आशा पूरा हुन सम्भव रहेको उनको बुझाइ छ ।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational