Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २४ गते, आईतवार समय ०९:५४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?

ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित

रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने

विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

लोकप्रिय समाचार

  • 1. समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
  • 2. ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
  • 3. रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
  • 4. चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
  • 5. विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह

हात्तीको कहरबाट जोगाउनेलाई मत

  • २०८२ फाल्गुन ५, मंगलवार १०:४३ गते प्रकाशित
  • हात्तीको कहरबाट जोगाउनेलाई मत

    झापा – मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन्। अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजेकी हुन्। हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उनको भनाइ छ।

    भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर – १, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने?’

    अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ।

    अन्यत्रझैँ झापा निर्वाचन क्षेत्र नं १ मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार आश्वासनको झोला बोकेर घरदैलोमा पुग्न थालिसकेका छन्। मेचीनगरको १, २, ३ र ४ नं वडा सङ्घीयता आउनुअघि साविक बाहुनडाँगी गाविसको अङ्ग थिए। यहाँका २२ हजारभन्दा बढी मतदाता अहिले हात्तीको त्रासबाट जसले समाधान दिन्छ उसैलाई मत दिने भनेर साझा अभिमत व्यक्त गरिरहेका छन्।

    “अहिलेसम्म एकजना उम्मेदवार मात्र आउनुभएको छ, अरू पनि आउनुहोला”, तोरीको थुप्रो पन्छाउँदै स्थानीय पुरीले भनिन्, “हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वाससहित योजना दिन्छ, यसपालिको भोट उसैलाई दिनेछौँ।”

    पटकपटकका निर्वाचनमा उम्मेदवार फेरिए, सरकार फेरियो तर बाहुनडाँगीको नियति नफेरिएको स्थानीयवासीको गुनासो छ। भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको छ तर स्थानीयका अनुसार ती तारबार अहिले ‘हात्तीका लागि खेलौना’ जस्तै भएका छन्। हात्तीले तारबार भत्काउने र नाघेर गाउँ पस्नेक्रम रोकिएको छैन।

    कक्षा १२ मा अध्ययनरत युवा मतदाता प्रवेश पुरीले देशमा धेरै परिवर्तन भए पनि गाउँमा हात्तीको समस्या उस्तै रहेको बताए। उनले यसपटक मत माग्न घरदैलोमा आउने हरेक उम्मेदवारसँग हात्तीको समस्या समाधानका लागि ‘चित्तबुझ्दो र दीर्घकालीन’ योजना के छ भनेर प्रश्न सोध्ने गरिएको बताए।

    झापा-१ मा राजनीतिक दलका १३ र स्वतन्त्र दुई गरी १५ उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ कूल एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका हुन्। मेचीनगरका १५ वटै वडा, बुद्धशान्तिका चार वटा र भद्रपुरका दुई वटा वडा समेटिएको यो क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन्।

    झापा–१ को भूगोलमा हात्तीको त्रास नभएको कुनै गाउँ छैन। बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन। निर्वाचन नजिकिएसँगै नेताहरूले बाँड्ने ‘आश्वासनको पोको’ भन्दा ‘कार्यान्वयनयोग्य समाधान’ को पर्खाइमा यहाँका मतदाता रहेका पुरीले बताए।

    सम्बन्धित समाचार

    समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
    समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
    ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
    ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
    रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
    रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
    चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
    चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
    विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
    विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational