Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ जेष्ठ ११ गते, सोमबार समय ०४:४६
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने

अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने

पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने

प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा
प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा

नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता
नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता

लोकप्रिय समाचार

  • 1. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
  • 2. बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
  • 3. अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
  • 4. पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
  • 5. प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ


  • २०८२ आश्विन १२, आईतवार १७:४४ गते प्रकाशित
  • आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

    काठमाडौं । भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन। सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उनको मनमा आन्दोलनमा जान उकुसमुकुस भइसकेको थियो। आमालाई अफिसको काम देखाएर उनी आन्दोलनमा मिसिइन्।

    आन्दोलन सुरु भएको केही समयमै नयाँबानेश्वरमा जब भीडमाथि आक्रमण भयो, त्यसको सिकार लिजा पनि बनिन। भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज बुलन्द गरिरहँदा लिजालाई पछाडिबाट प्रहार गरिएको गोलीले बाँया कुम छेड्यो।

    “हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौँ, जेनजीका माग सरकारलाई सुनाउन चाहन्थ्यौँ, हाम्रो शान्तिपूर्ण जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो”, ट्रमा सेन्टरमा उपचाररत लिजाले भनिन्, “हामीले माइकबाट प्रदर्शनकारीलाई बारम्बार ढुङ्गामुढा नगर्न र प्रहरीलाई गोली नहान्न आग्रह गरिरह्यौँ, तर कसैले सुनेनन्।”

    लिजाका शब्दमा जब जेनजी युवाको आन्दोलन माइतीघरबाट नयाँबानेश्वरस्थित संसद् भवनतर्फ अघि बढ्यो, जुलुस शान्तिपूर्ण थियो। ती युवासँग न कुनै हतियार थियो, न त विशेष माग नै। उनीहरु भ्रष्टाचारविरुद्धको आफ्नो आवाजलाई सरकारलाई सुनाउन मात्रै चाहन्थे। तर जब उनीहरुको आवाजलाई दबाउन प्रहरीले हस्तक्षेप सुरु गर्‍यो, तब भीड आक्रोशित भयो, तितरवितर भयो।

    “हामी नयाँ बानेश्वर पुग्दासम्म आन्दोलन शान्तिपूर्ण थियो, तर जब मेरो आँखै अगाडि एक जनाको टाउकोमा गम्भीर चोट लाग्यो र एक जना दाईको हातमा गोली लाग्यो, त्यसले हामीलाई आक्रोशित बनायो”, लिजाले घटना सम्झँदै भनिन्, “मलगायतले त्यो दाईलाई निजामती अस्पताल पठायौँ, यत्तिकैमा प्रहरीबाट अश्रुग्यास प्रहार भयो, भीड तितरवितर भयो।”

    लिजाले डेराबाट निस्कनुअघि आमालाई म पनि आन्दोलनमा जान्छु है भनेकी थिइन्। तर आमाले आन्दोलनमा जानु पर्दैन भनेपछि अफिस जाने बाहना बनाएकी रहिछन्। “आमालाई म आन्दोलनमा मिसिएको थाहा थिएन, जब आन्दोलनमा प्लास्टिकको गोली चल्यो भन्ने सुन्नु भएछ उहाँले फोन गरेर छिटो घर फर्कन भन्नुभयो, आमालाई म ठीक छु छिट्टै आउँछु भन्दै फोन राख्नेबित्तिकै मलाई गोली लाग्यो”, उनले भनिन्।

    लिजालाई मेटलको गोली लाग्नुअघि नयाँ बानेश्वरमा केही राउण्ड हवाई फायर भइसकेको थियो। जब भीड तोडफोडमा उत्रियो, तब प्रहरीले ताकेरै गोली हान्न थाल्यो। सुरुमा प्लाष्टिकको गोली प्रहार भएको भन्ने सुनिए पनि त्यो देखिएन। लिजालाई गोली लाग्नुअघि दुई जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो।

    “हाम्रो उद्देश्य तोडफोड र ढुङ्गामुढा गर्ने थिएन, त्यसैले अडिग भई शान्तिपूर्ण रुपमा धर्नामा बसौँ भन्दै आह्वान गरिरहेका थियौँ, हामीलाई त गोली चल्छ भन्ने अनुमान गर्नै सकेनौँ”, उनले भनिन्।

    लिजालाई गोली लाग्दा, आसपासका मानिसहरु तितरवितर भइसकेका थिए। दायाँ हातले आफूलाई सम्हाल्दै उनी रक्ताम्य शरीर लिएर संसद् भवनको अगाडि निकैबेर उभिइरहिन्। केही समयपछि एक जनाले आएर झण्डाले हात बाँधिदिए। “दाईले साथ दिएपछि आत्मबल बढ्यो, अर्को दाईले बाइकमा एभरेष्ट अस्पताल पु¥याइदिनुभयो”, उनले भनिन्।

    एभरेष्ट अस्पतालमा ब्याण्डेज गरेपछि चिकित्सकले गोली लागेकाले शल्यक्रिया गर्नुपर्छ भन्दै ट्रमा अस्पताल ‘रेफर’ गरिदिए। त्यसपछि उनी एम्बुलेन्समा ट्रमा सेन्टर आइपुगिन्।

    लिजा अस्पताल आइपुग्दा आन्दोलनमा घाइते भएकाहरुले अस्पतालको भूँइसमेत भरिएको थियो। अस्पतालमा आउनासाथ घाउमा गज खादेर ब्याण्डेज गरियो। त्यतिका धेरै घाइते हुँदा पनि अस्पतालले उपचारमा राम्रो व्यवस्थापन गरेको थियो। “अस्पतालका स्वास्थ्यकर्मीहरु जसरी त्यो दिन घाइतेहरुको उपचारमा खटिनुभयो, म त्यसका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “त्यो गर्न उहाँहरुका लागि चुनौतीपूर्ण अवस्था थियो, त्यो दिन राति नै मेरो शल्यक्रिया भयो।” आन्दोलनका घाइतेहरुलाई अस्पतालले खाजा, खाना र औषधिको व्यवस्था गरेको छ।

    त्यसदिन अस्पतालमा १८१ जना घाइतेलाई ल्याइएको थियो। घाइतेका लागि सुताउने शय्या थिएन। भुइँमै म्याटमाथि उपचार गर्नुपर्ने अवस्था थियो। भीड यति धेरै थियो कि, घाइतेहरु सुतिरहेकै ठाउँबाट मृतकको शरीर उचालेर लैजानुपर्ने अवस्था थियो।

    “म सुतिरहेको ठाउँमाथिबाट जब आन्दोलनकारीको शव लगियो, मलाई लाग्यो कि, मेरो पालो पनि यसरी नै त आउने होइन”, लिजाले भनिन्, “जब गोली लागेको घाउ बेस्सरी दुख्थ्यो, तब बाँचिन्छ कि मरिन्छ भन्ने होस् नै नहुँदो रहेछ।” लिजाका अनुसार उनको शरीरमा अझ ठूलो शल्यक्रिया भने गर्न बाँकी नै छ। कुमको हड्डी गोलीले पूरै टुक्राएको छ, चिकित्सकले तारले बाँधिदिएका छन्।

    लिजालाई अहिले पनि ‘मुभमेन्ट’ गर्न सकस हुन्छ। अलिकति यताउता चलाउँदा पनि शरीर सहनै नसक्ने गरी दुख्छ। चिकित्सकले पहिले गरेको शल्यक्रिया निको भएपछि दोस्रो गर्नुपर्छ भनेका छन्। अहिले उनले शरीरको दुखाइ कम गर्न पेनकिलरको सहायता लिएकी छन्।

    लिजाको अस्पताल बसाइ अझै कति लम्बिने हो भन्ने टुङ्गो छैन। तर उनी सम्मिलित आन्दोलनले ल्याएको परिवर्तन र माग पूरा हुनुपर्छ भन्नेमा लिजा दृढ छिन्। “हामीलाई सडकमा आउन बाध्य बनाएको चरम भ्रष्टाचार, बेथिती र अपारदर्शीताले हो, हामीले आन्दोलनमार्फत उठाएका माग नयाँ सरकारले पूरा गर्छ भन्नेमा विश्वास छ”, उनले भनिन्, “निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गरी मुलुकलाई सुशासनको दिशामा अघि नबढाएसम्म हामीले सडकमा दिएको बलिदानले न्याय पाउँदैन।”

    लिजा अस्पतालको शय्याबाटै नवगठित सरकारलाई आन्दोलनका दोषीमाथि कारबाही गर्न दबाब दिँदै आएका छन्। लिजालगायतका घाइतेलाई भेट्न प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु, जेनजी आन्दोलनका प्रतिनिधिहरु आइरहनुहुन्छ।

    “हामीले अस्पतालको शय्याबाटै उहाँहरुको जिम्मेवारीलाई स्मरण गराइरहेका छौँ, छ महिनाको सरकार भए पनि केही सकारात्मक कामको सुरुआतका लागि यो पर्याप्त समय पनि हो भन्दै आएका छौँ, हाम्रो आशा र विश्वासलाई उहाँहरुले मर्न दिनुहुन्न भन्नेमा विश्वास छ”, लिजाले भनिन्।

    लिजा जेनजीका क्षमतावान् र सक्षम व्यक्तिलाई सरकारमा लैजानुपर्छ भन्छिन्। भ्रष्टाचारसँग जोडिएका र पहिलेदेखि नै चर्चामा रहेका मुद्दाका फाइल खोलेर अनुसन्धानको थालनी हुनुपर्छ भन्ने उनको माग छ। लिजाका शब्दमा देशमा ‘गुड लिडर’ भए ‘गुड फ्युचर’ भन्ने पनि थाहा छ।

    मोरङ रतुवामाई स्थायी घरभएकी लिजा बालकुमारीमा आमा र भाइसँग बस्दै आएकी छन्। जेठो सन्तानका रुपमा लिजामाथि पढ्दै कमाउँदै गर्ने जिम्मेवारी पनि छ। भाइलाई राम्रो कलेजमा उच्च शिक्षा दिलाउने सपना छ। केही समयअघि ओपन हार्ट सर्जरी गरेकी आमाको हेरचाह पनि उनकै जिम्मेवारीमा छ।

    कुसुम कलेजमा बिबिए सातौँ समेस्टरमा अध्ययनरत लिजा आन्दोलन हुने दिनभन्दा चार दिनअघि मात्रै जेनजी समूहमा जोडिएकी थिइन्।

     

    सम्बन्धित समाचार

    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
    बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
    बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
    अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
    अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
    पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
    पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
    प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा
    प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा
    नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता
    नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational