कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ ।

यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । करिडोर निर्माणपछि चीनमा रहेको कैलाश मानसरोवर यात्रा सहज हुने अपेक्षा गरिइएको छ । महकाली करिडोरको ‘जिरो प्वाइन्ट’ मानिएको कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धवैजनाथ हुँदै कैलाश मानसरोवरसम्म पुग्नका लागि यो सबैभन्दा छोटो बाटो हुनेछ ।
धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रुपमा परिचित छ । महाकाली करिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथधाम, …

हिमालमा सन्निकट सङ्कट

गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो। हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने। दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा सरे। हिउँ पग्लेर खोलाको बहाव पुरानै स्थितिमा फर्केपछि विपत्ले ठूलो रुप लिन पाएन।
थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दुवै पटक एकै ठाउँबाट हिमपहिरो खसेको बताए। ‘यो हिमपहिरोलाई सामान्य ढङ्गले बुझ्नुहुँदैन, विश्वव्यापी जलवायु सङ्कटको प्रत्यक्ष सम्बन्ध यसमा छ’, उनले भने, ‘हिउँको ठूलो ढिस्को नै खसेर घट्टे खोला थुनिएको थियो, यो घटनाले तल्लो तटीय …

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।
रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणको अन्तिम चरणका काम भइरहेका छन्।
प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी धमाधम अगाडि बढीरहेको छ। चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हव र त्रिशूली थ्री बी हब …

मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति

वीरगञ्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिका-४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो ।
चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन। त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क …

नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन

काठमाडाैं -नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने बताउदै भत्काउनै परे मुआब्जा दिनुपर्ने बताएका छन् ।
उनले भनेका छन्-
आफै धामी, आफै झाक्री ।
१. कानुन बनाउने कसले हो ?
२. सरकारको नेतृत्व कसले गरेको हो ?
३. अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषदमा को छ ?
खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने …

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै

काठमाडौं– आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष साक्षरता दिवसको नारा ‘बहुभाषिक शिक्षाको  प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ रहेको छ । सरकारले २०६५ सालमा निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सुरु गरेको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार अहिलेसम्म ७७ मध्ये ६४ जिल्ला साक्षर घोषणा गरिएको छ । जसमा बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन् । घोषणा हुन बाँकीमा मधेस प्रदेशका ८ जिल्ला, कर्णालीका मुगु …

इपिएस सम्झौताको १७ वर्ष : कोरिया बढी कामदार पठाउने मुलुक नेपाल

काठमाडौं – पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ। दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ।
सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ। इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन्।
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन्।
सन् २०२४ का लागि मात्रै हालसम्मकै …

पहिरोमा वडासदस्यसहित दुईजना पुरिए

सुर्खेत -जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिरोले पुरिएका छन्।
गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिए। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए।

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ – सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।सरकारको रु. ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्ने गरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।
आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेव बेँसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेज अन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनी डाँडाको कदुवास्थित …

पेन्या बार्सा दी एभरेस्टलाई नेपालको बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता

बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले हालै एफसी बार्सिलोना आधिकारिक पेन्या (समर्थक क्लब) को रूपमा आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गर्‍यो।
२०१३ मा स्थापना भएको यस समर्पित एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको छ।
सचिव सिताराम दाहालले सम्माननीय अतिथिहरूलाई स्वागत गरे, जसमा मुख्य अतिथि पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाले अध्यक्ष प्रकाश घर्तीको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो प्रस्तुत गरे।
कार्यक्रममा विशेष भिडियो सत्र पनि …

You Missed

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

हिमालमा सन्निकट सङ्कट

  • By
  • २०८१ भाद्र २३, आईतवार ०७:३३
  • 0 views
हिमालमा सन्निकट सङ्कट
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति
नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै
इपिएस सम्झौताको १७ वर्ष : कोरिया बढी कामदार पठाउने मुलुक नेपाल

Primary Color

Secondary Color

Layout Mode