नेपालको बिजुली बंगलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने

काठमाडौँ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलो पटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए ।
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता …

९ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ?

काठमाडौं- सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।
अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए।
सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र …

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने

काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो ।
उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो । बैठकले मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा …

बाढीले कृषिमा ६ अर्बभन्दा बढीको क्षति

काठमाडाैं – किसानले खेतमा रोपेको धान, पोखरीमा पालेको माछा र बारीमा फलाएको तरकारी बाढीले बगायो, १७ जिल्लाका किसानले गोठमा बाँधेका २६ हजारभन्दा बढी पशुपक्षीको मृत्यु, फलफूलका बगैँचासमेत मासिए
अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक आकलन छ ।
स्थानीय तह, प्रदेश, निर्देशनालयलगायत परिचालन गरी संकलन गरेको तथ्यांकमा खेतमा लगाएको बाली, गोठमा रहेका पशुपक्षी र पोखरीमा रहेका माछासमेत नष्ट भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, खेतीयोग्य जमिनको कटान, कृषि पूर्वाधारमा क्षति, आपूर्ति शृंखलामा अवरोधलगायतका माध्यमबाट कृषि क्षेत्रले ठुलो नोक्सानी व्यहोरेको मन्त्रालयबाट संकलित तथ्यांकमा …

बाढीपहिरोले विद्युत् उत्पादनमा असर : ११ सय मेगावाट बिजुली उत्पादन बन्द

काठमाडौं- बिहीबार बेलुकादेखि शनिबारसम्म परेको अविरल वर्षाले जलविद्युत आयोजना तथा सिँचाइ क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। जलविद्युत आयोजना, सिँचाइका निर्माणाधीन तथा निर्माण सकिएका आयोजनामा ठूलो क्षति पुर्‍याएको हो।
हालसम्म आएको प्रारम्भिक विवरण अनुसार निर्माण सकिएर बिजुली उत्पादन गरिरहेका ११ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। ११ आयोजनाको कुल जडित विद्युत क्षमता ६२५.९६ मेगावाट छ।
त्यसैगरी, आपत्कालीन अवस्थामा विद्युत गृहहरूको उत्पादन बन्द गर्नुपर्दा करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपकबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार निर्माणधीन १५ वटा आयोजनाहरूमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको छ। कुल १०१०.२९ मेगावाट जडित …

बाढीपहिरोले चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्री आयातमा समस्या

काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका बन्द हुन पुगेको छ । पछिल्लो समयमा आएको बाढीको कारण पहिरोले सडकमा क्षति पुर्‍याएको र बेलिब्रिज पुल बगाएपछि सवारी साधनको आवतजावत बन्द हुन पुगेको हो । जसले गर्दा दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको छ ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार तातोपानी नाका नजिकको तिपिङदेखि लार्चा बिचमा पर्ने तिपिङ खोलामा पुल र सडकबीचकोको सम्बन्ध विच्छेद भएकाले सवारी साधन ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । साथै बाढीले भन्सार कार्यालय भएको लार्पा नजिकको भोटेकोशीको बेलिब्रिज पुल पनि बगाएको छ …

नेपाल टेलिकमको दशैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘दशैँ अफर २०८१’ सार्वजनिक गरेको छ  ।
याे अफरअन्तर्गत भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आजदेखि कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।
टेलिकमका हरि ढकालका अनुसार साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ ।
यो अफर समयावधिभित्र नयाँ सेवा जडान गर्ने, प्याकेज नवीकरण गर्ने सबैका लागि कायम रहनेछ । साथै एफटीटीएच …

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, वालेटमा पनि बढ्दाे आकर्षण

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मोबाइल बैंकिङ्ग प्रयोगताकाे संख्यामा ३ लाखले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ३ लाख १२ हजार ३ सय १९ ले बढ्दै २ कराेड ४९ लाख ६१ हजार १ सय ६५ पुगेकाे छ । असारमसान्तसम्म २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या साउनमा बढेकाे हाे ।
अघिल्लो साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १६ लाख ९१ हजार ४७४ थियो। गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको …

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
 

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एडिबीले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार आएको जनाउँदै यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एडिबीले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको थियो । एडिबीका अनुसार आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुर्नरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्ने देखिएको …

You Missed

नेपालको बिजुली बंगलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
बडादसैँ सुरु, आज घटस्थापना
दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
९ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ?
९ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ?
बाढीपीडित भन्छन्- ‘गाँसको भन्दा बासको चिन्ता, खुला आकासमुनी कुकुर र लामखुट्टेको त्रास’
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने

Primary Color

Secondary Color

Layout Mode