वैदेशिक रोजगारीको खोजीमा तीन वर्षमा बिदेसिए २ लाख महिला
काठमाडौँ – पछिल्लो तीन वर्षमा २ लाख नेपाली महिलाहरू रोजगारीको खोजीमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार बर्सेनि करिब ६० हजार जना महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
विभागका अनुसार बितेको ३ वर्षमा २१ लाख ४२ हजार वैदेशिक रोजगारीमा जाँदा २ लाख महिलाहरू विदेशिएका छन् । यो सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको कुल सङ्ख्याको ९.३३ प्रतिशत हो । विभागले उपलब्ध गराएको यो तथ्यांक श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ४९ हजार महिलाहरू वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा …