काठमाडौँ – काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको छ। राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो ।
भारी वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।