तीन दिन राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

काठमाडौं -सरकारले बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।
बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद्को‍ बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मन्त्रिपरिषद्‍ बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ।
 
 
 

उपनिर्वाचन बारे छलफल गर्न रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक बिहान ११:३० बजेका लागि डाकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचन, प्रथम राष्ट्रिय भेलाको समीक्षा लगायत समसामयिक राजनीतिक गतिविधिमा छलफल हुनेछ । यसै गरी रास्वपा नेताहरूको चीन भ्रमण र पार्टी गतिविधि र महाधिवेशन केन्द्रित गतिविधिका विषयमा समेत बैठकमा छलफल गर्ने तयारी भएको झाले बताए ।
उनका अनुसार आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार नै २:३० बजे हुने छ ।
 

स्थानीय तह उपनिर्वाचन : दल दर्ता आजदेखि, ३९ स्थानमा मंसिर १६ गते निर्वाचन

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ ।
आयोगका अनुसार आगामी मंसिर १६ गते ३९ रिक्त पदमा उपनिर्वाचन हुनेछ । जसमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडा अध्यक्ष ९ रहेका छन् …

कानुन बनाउन समस्या भएको छ : मुख्यमन्त्री पाण्डे (अन्तर्वार्ता)

गण्डकी- नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो ।
संविधान जारी भएपछि बनेका सबैजसो सरकार सङ्घीयता कार्यान्वयनमा कमजोर देखिन थालेको छ । स्थानीय र प्रदेश तहको क्षमता विकासमा सङ्घीय सरकारले ध्यान दिन सकेन । सुरुमा प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन फितलो भयो । सात वर्षसम्म आइपुग्दा राजनीतिक सङ्घीयता कार्यान्वयनमा गए पनि प्रशासनिक र वित्तीय सङ्घीयता प्रादेशिकस्तरमा अझै व्यवस्थित हुन …

रास्वपाको राष्ट्रिय भेला आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।
भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।
सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।
रास्वपाले यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने जनाएको छ ।
 

बर्खे अधिवेशन आज मध्यरातिबाट अन्त्य हुँदै, ५३ दिनमा के-के भयो ? (पूर्णपाठ)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बर्खे अधिवेशन आज मध्य रातिबाट अन्त्य हुँदैछ । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजसम्म १३० दिन चालू रहेको संसद सचिवालयले जनाएको छ । योबीचमा भए/गरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले आजको बैठकमा संक्षिप्त जानकारी गराएका छन् ।
जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बितेको छ । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतीत गरिएको छ ।
यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता …

आयोगद्वारा मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सरकारसँग परामर्श

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेका छन् ।
आइतबार भएको भेटमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका हुन् ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट बराल प्यानलसहित विजयी

काठमाडाैं -इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।
उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए ।
२५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । एसोसियसनको मतदान शक्रबार भएको थियो भने आइतबार विहान मात्र मत गणना सकिएको हो ।
 

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले आज प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

काठमाडौँ – सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ। आज बेलुका ५ बजे सिंहदरवारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्ने भएको हो ।
समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो।
समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए।
 

नदीको मापदण्डबारे ओलीप्रति बालेनको कटाक्ष : उहिलै मरिन् सासु, अहिले आए आँशु

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नदी किनारको मापदण्डको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’को चरित्र देखिएको आरोप लगाएका छन्।
आफू मेयर हुनुभन्दा ३ वर्षअघि नै सर्वोच्च अदालतले नदी किनारको मापदण्डको विषयमा फैसला गरेको भन्दै उनले ओलीको आलोचना गरेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले नियुक्त गर्नु भएको महान्यायाधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाडौंको मेयर विद्यासुन्दर शाक्य। यी सबैले आफ्नो सचिव र …

You Missed

नेपालको बिजुली बंगलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
बडादसैँ सुरु, आज घटस्थापना
दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
९ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ?
९ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ?
बाढीपीडित भन्छन्- ‘गाँसको भन्दा बासको चिन्ता, खुला आकासमुनी कुकुर र लामखुट्टेको त्रास’
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने

Primary Color

Secondary Color

Layout Mode