काठमाडौँ- सरकारले साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ ।
मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहले शुक्रबार जारी गरेको सूचनामा आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।