Tibra News

Tibra News

पेरिस ओलम्पिक : म्याराथनमा सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा

काठमाडौं – पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा दौड पूरा गरेकी छन्। आइतबार भएको म्याराथनमा उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन्।

महिला म्याराथनको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन्। उनले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन्। यस्तै, दुई घन्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथोपियाकी असिफा दोस्रो भइन्। केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन्। उनले सो दूरी २ घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन्। सन्तोषी श्रेष्ठले कठिन चूनौति भएपनि आफुले निकै प्रयास गरेको र रेश पुरा गरेको बताइन्।

उनले पेरिस ओलम्पिकमा सहभागी हुनुनै आफ्नालागि गौरवको बिषय भएको सुनाइन्। म्याराथनमा ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *