Tibra News

Tibra News

देशभर हैजाको प्रकोप बढ्दो, ५० जनामा सङ्क्रमण पुष्टि

काठमाडौं देशभर ५० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

ललितपुरमा ३८, कैलालीमा ८, काठमाडौंमा २ र प्युठानमा २ जना गरी ५ वटा जिल्लामा ५० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।

त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *