Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ असार ८ गते, आईतवार समय १४:०३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती
राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको घोषणा
डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको घोषणा

युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने

मैले संगठित अपराध गरेका होइन, राज्यले म माथि संगठित रुपमा अपराध गरेको हो : रवि लामिछाने
मैले संगठित अपराध गरेका होइन, राज्यले म माथि संगठित रुपमा अपराध गरेको हो : रवि लामिछाने

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती
दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

लोकप्रिय समाचार

  • 1. राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती
  • 2. डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा
  • 3. डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको घोषणा
  • 4. युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने
  • 5. मैले संगठित अपराध गरेका होइन, राज्यले म माथि संगठित रुपमा अपराध गरेको हो : रवि लामिछाने

मिथिलामा बढ्यो राखीको चहलपहल


  • २०८१ भाद्र १, शनिबार १५:२६ गते प्रकाशित
  • मिथिलामा बढ्यो राखीको चहलपहल

    महोत्तरी । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेशको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् ।

    ‘आबन हे सखी, आयल साउनक पूर्णिमा,
    भैयाके अबैय याद हे,
    भैया नई ऐलौं, निष्ठुर भेला,
    निरस भगेल हमर पावन हे !’

    अर्थात् यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्झना आइरहेछ । तर दाजुभाइ भने आउने सोधखबर गर्दैनन्, पर्व मेरा लागि निरस हुने भयो ।

    मिथिलामा अहिले सुनिने धेरैजसो गीत राखी केन्द्रित छन् ।

    ‘आयल साउनक सुदिन यौ भैया,
    राखीमें जरुर अबै यौ,
    राखीक पावेन अलै यौँ भैया,
    कोनाक गेली बिसैर यौ !’

    अर्थात् साउनको त्यो सुदिन पनि नजिकियो, दाजु राखीमा अवश्य आउनु होला है, राखी पर्व आइसक्यो, तपाईँले कसरी बिर्सन सक्नुभएको ?

    कुनै गीतमा पर्व नजिकिएसँगै दाजुभाइ सम्पर्कमा नआएका दिदीबहिनीको विरह छ भने कतिमा अब दाजुभाइ चाँडै भेट हुने अभिलाषा व्यक्त गरिएको छ ।

    ‘आयल राखीक त्यौहार,
    भाइ हमर लाओत बहार,
    बध्बै भाइके प्रेमक डोरा स,
    होतै सुखक इजहार !’

    अर्थात् राखी पर्व आयो, अब मेरो भाइले खुसी दिनेछ, भाइलाई प्रेमको डोराले बाँध्ने छु, यसले सुखानुभूति मिल्नेछ ।

    साउन शुक्लपक्ष, जसलाई राखीपक्ष पनि भनिन्छ । मिथिलामा अहिले यस्तै गीत सुनिन्छन्, गुञ्जिन्छन् । जसमा दाजुभाइको सौर्य बखान गरिएको हुन्छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन-राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् ।

    बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेलीबीच एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै अहिले राखीको तयारीबारे हुने गर्छ । मिथिलामा यसपालि पर्सि सोमबार राखी पर्व मनाउने तयारी छ ।

    मधेशको मिथिला क्षेत्र सांस्कृतिक चाडपर्वको उर्वर थलो हो । मैथिल (मिथिलाका बासिन्दा) सांस्कृतिक चाडपर्व धेरैजसो विद्यापति र मिथिला पञ्चाङ्गको आधारमा मनाउँछन् । यी दुवै पञ्चाङ्गको सुरु महिना साउन हो ।

    वर्षको पहिलो महिना साउन लागेदेखि नै विभिन्न चाडपर्व मनाउँदै आएका मैथिल अहिले साउनको अन्त्यतिर राखी पर्वको तयारीमा छन् । साउनमै शिवभक्तिको साउनेमेला, लगपाँच र मधुश्रावणीजस्ता पर्व मैथिलले मनाइसकेका छन् । अहिले झुला पर्व जारी छ । यो राखी पूर्णिमाकै दिन राति समापन गरिने परम्परा छ ।

    सौरमासले साउन सकिए पनि चन्द्रमाझ गणनाले आउने सोमबारसम्म साउन नै रहन्छ । यहाँ जुडशीतल, विश्वकर्मापूजा र तिलासक्रायतलगायत केही पर्वबाहेक धेरैजसो चन्द्रमाझ तालिकामै मनाइने गरिन्छ । यसपालिको राखी पर्वको दिन साउन (चन्द्रमासअनुसार)को अन्तिम दिन परेको हुँदा साउने सोमबारीको समापन पनि त्यसै दिन गरिनेछ ।

    मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै राखीको चहलपहल बढ्न थाल्छ । चिया पसल, पान पसलदेखि ठूल्ठूला व्यापारिक प्रतिष्ठान र चोकचोकमा राखी गीत गुञ्जँदैछन् । सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्साउने यो पर्वको चहलपहल देखिँदो छ । पर्वको तयारीले अहिले मिथिला क्षेत्र राखीमय बनेको छ ।

    अहिले पर्व आउन दुई दिनमात्र बाँकी छँदा मिथिलानी (मिथिलाका नारी) आफ्ना दाजुभाइसँग पर्व विशेषको भेटघाटको टुङ्गो गर्न मोबाइल र फोनको कुराकानीमा व्यस्त देखिन्छन् ।

    ‘पावैन त आव आयबगेल, मद्रासमें रहल भाइके खबर कैली, ओ अईबेर आओत (पर्व त अब आई नै हाल्यो, मद्रासमा रहेको भाइलाई खबर गरेँ, ऊ यसपालि आउँछ रे)’ महोत्तरीको भङ्गाहा-५ राजपुरकी हरिप्रिया महतो खुसी हुँदै भन्छिन्, ‘आव भाइके पहनाववाला राखी आ मरमिठाइ जुटेवाक तयारीमे लागल छी (अब भाइलाई बाँधिने राखी र उसलाई ख्वाइने मरमिठाइको जोरजाममा लागेकी छु) ।’

    मिथिलामा विवाहित चेलीले आफ्नो अनुकूलताअनुसार घरमै दाजुभाइ बोलाएर वा माइत गएर राखी मनाउन सक्ने चलन छ । त्यसैगरी अविवाहित चेलीबेटी पनि दाजुभाइलाई राखीको निम्ता दिँदै इच्छित दक्षिणा पाउनपर्ने ठट्टा मिसाउँदै भेटिन्छन् । पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिँदो छ ।

    मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका जानकार बताउँछन् ।

    पर्वले दिदीबहिनीप्रतिको चाहना र प्रेम गाढा बनाउने बर्दिबास- २ का बासिन्दा महेशकुमार झा बताउँछन् ।

    साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरहरूले पर्वविशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी यस्तै कथावस्तुका सिनेमा चलाउँदैछन् । चोकचोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतमा बटुवा पनि झुम्ने गरेको देखिँदैछ ।

    दिदीबहिनी अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई खुवाइने मिष्टान्न परिकारबारे योजना बुन्दैछन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ-आफ्नो कामबाट फुर्सदको चाँजो र उनीहरूलाई दिइने दक्षिणाको जोरजाममा लागेका छन् ।

    घरबाट काम विशेषले टाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले दिदीबहिनीलाई फुरुङ्ग बनाएको छ ।

    ‘भैया दिल्ली स पावैनलेल ऐवाक निश्चित भेल (दाजु राखी पर्वका लागि दिल्लीबाट आउने कुरा निश्चित भयो)’ गौशाला-४ की पवित्री सदा भन्छिन्, ‘अईबेर खुसी स राखी पावैन मनायब (यसपालि हाँसीखुसी पर्व मनाइन्छ) ।’

    पर्वमा राखीको कारोबार गर्ने व्यापारीहरू उत्तिकै व्यस्त देखिएका छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारी बताउँछन् । पर्व अब केही दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न खालका राखीको माग र आपूर्तिका कामले फुर्सद नभएको बर्दिबासचोकका शृङ्गार महलका व्यापारी श्यामकुमार महतो बताउँछन् ।

    अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मर्त्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरू गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएको र सो युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने चलन बसेको मैथिल जनविश्वास छ ।

    पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे/भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरू र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन् ।

    पर्वमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको मैथिल बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन यहाँ अझै देखिन्छ ।

    पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दु धर्मावलम्बी पर्वते समुदायमात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकाहरूलाई राखी बाँधिदिन पर्वको तयारीमा लागेका छन् ।

    पछिल्ला दिनहरूमा पर्व हिन्दु धर्मावलम्बीको मानिँदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दु महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरूले हिन्दु युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने गरेबाट यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको छ ।

    यसले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव वृद्धिमा सहयोग पुग्ने महोत्तरीकै सम्सी-६ का इस्लाम धर्मावलम्बी सामाजिक कार्यकर्ता इम्तियाज अहमद बताउँछन् ।

    सम्बन्धित समाचार

    राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती
    राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती
    डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा
    डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा
    डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको घोषणा
    डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको घोषणा
    No Image
    युद्धग्रस्त इरानमा फसेका नेपालीको उद्धारका लागि भारतले मद्दत गर्ने
    मैले संगठित अपराध गरेका होइन, राज्यले म माथि संगठित रुपमा अपराध गरेको हो : रवि लामिछाने
    मैले संगठित अपराध गरेका होइन, राज्यले म माथि संगठित रुपमा अपराध गरेको हो : रवि लामिछाने
    दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती
    दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational