Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार १२ गते, शुक्रबार समय १७:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

पोखरामा पर्यटक घटेसँगै डुंगा चालकको दैनिकी कठिन बन्दै

  • २०८१ भाद्र १, शनिबार ०२:२९ गते प्रकाशित
  • पोखरामा पर्यटक घटेसँगै डुंगा चालकको दैनिकी कठिन बन्दै

    कास्की- पर्यटकीय फेवातालमा डुंगा सञ्चालन गर्न पोखरा-२२ पुम्दीभुम्दीका ५५ वर्षीय वुद्धिबहादुर परियार दिनहुँ एक सय रुपैयाँ बसभाडा खर्चेर घरबाट फेवाताल आवतजावत ग्छन्। उनको आफ्नै डुंगा छैन, अरुकै डुंगा चलाउँछन्।

    फेवातालमा पर्यटकको सङ्ख्या घटेकै कारण तीन महिनायता उनको दैनिक आम्दानी एक सय पचास रुपैयाँमात्र छ। वर्षादका कुनै दिन खाली हात घर फर्कनुपर्ने अवस्था छ। जेठ महिनादेखि फेवातालमा दैनिक मुस्किलले २० देखि ३० वटा डुंगा बाराही घाटबाट तालबाराही मन्दिर पुग्छन् भने दुई-तीन वटा ताल घुम्न जाने व्यक्तिले लाने गर्छन्।

    ‘कुनै दिन घर पुग्ने बस भाडा साथीहरुसँग मागेर जानुपर्ने अवस्था छ’, परियारले भने, ‘फेवातालमा डुंगा चलाएको बीसौँ वर्षभयो यस्तो अवस्था कुनै वर्ष पनि भएको थिएन, परियारले भने, ‘तीन महिनादेखि खाजा खाने पैसा बचत छैन।’

    फेवातालका विभिन्न आठ घाटमा सात सय ६७ वटा डुंगा सञ्चालनमा रहेकामध्ये सबैभन्दा धेरै बाराही घाटमा ३ सय ५६ वटा डुंगा सञ्चालित छन्। अरुको डुंगा चलाएबापत चालकले एक सय ५० देखि एक सय ७० रुपैयाँ मात्र पाउने गर्छन्। ताल वाराही मन्दिरसम्म डुंगा पुर्‍याएर ल्याएको एक सय ५० रुपैयाँ मात्र चालकहरुले पाउने गर्छन्।

    दाङ जिल्लाबाट आई पोखराको फेवातालमा डुंगा चलाउँदै आएका कालीचरण चौधरीको पीडा पनि परियारकै जस्तै छ। पाँच वर्षदेखि पोखराको लेकसाइटमा कोठा भाडामा लिएर श्रीमती र दुई छोराछोरी पाल्दै आएका चौधरीलाई दैनिक खर्च चलाउन मुस्किल परेको छ। फेवातालको किनारमै डुंगा सञ्चालन गर्न पालो पर्खिरहेका चौधरीलाई बिहीबार दिउँसो श्रीमतीले मोबाइलमा फोन गर्छिन् र भन्छिन्, ‘आज कति कमाइ भयो?’ श्रीमान्, चौधरीले जवाफमा भन्दै थिए, ‘आज तरकारी खाने पैसा पनि आम्दानी भएको छैन।’

    ‘कोठाभाडासहित मासिक खर्च २५ हजार रुपैयाँ छ तर आन्दानी तीन हजार छ, पर्यटकको सिजनमा कमाएको पैसा र श्रीमतीले बिहानमा कमाएको पैसालै तीन महिनायता धानिएको छु, अब एक महिनापछि लाग्ने पर्यटन सिजनमा आन्दानी हुन्छ की भन्ने आशा छ’, चौधरीले भने, ‘छोराछोरीलाई पढाउन पनि मुस्किल भयो।’

    फेवा डुंगा व्यवसायी संगठन बैदामका कार्यालय सचिव नरबहादुर श्रेष्ठले तीन महिना यता फेवातालमा आउने पर्यटकको सङ्ख्या ८० प्रतिशतले घटेकै कारण डुंगा व्यवसायमा यस्तो समस्या आएको जानकारी दिए। ‘त्यो २० प्रतिशत पनि आन्तरिक र भारतीय पर्यटक हुन्’, श्रेष्ठले भने, ‘वर्षाद्को समयमा पोखरा आउने सडक यातायातकोे जोखिम, बर्खा र आर्थिक मन्दीको असर पनि परेको हुनसक्छ।’

    डुंगा व्यवसायी सम्मर नेपालीले तीन सय ५६ वटा डुंगा रहेको बाराही घाटमा यतिबेला पाँच दिनमा मात्र एउटा डुंगाको पालो आउने बताउँदै यस्तो अवस्थाले डुंगा चालक भोकभोकै हिँड्नुपर्ने बाध्यता रहेको दुःख सुनाए।

    लामो समय यही पेसामा रहेकाले पेसा परिवर्तन गर्न मन पनि नलाग्ने, आम्दानी पनि नहुने यस्तो अवस्था कहिलेसम्म रहने हो, सम्मर नेपालीको प्रश्न थियो। ‘कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्या ल्याएको थियो त्योभन्दा बढी यतिबेला आर्थिक मन्दीले पारेको छ’, उनले भने, ‘स्थानीयवासीभन्दा पनि बाहिरबाट आएर डुंगा चलाउने चालकलाई दैनिकी चलाउने कठिन अवस्था छ।’

    चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउने र फेवातालमा पर्यटकको सङ्ख्या वृद्धि हुने आशामा डुंगा व्यवसायी छन्। फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले सडक यातायातको जोखिमता, बर्खा, आर्थिक मन्दीजस्ता कारणले व्यवसायमा समस्या आएको बताए।

    फेवातालको मध्यभागमा अवस्थित तालबाराही मन्दिरमा पर्यटक पुर्‍याएबापत प्रतिव्यक्ति एक सय रुपैयाँ र ताल घुमाएबापत एक घण्टाको नौ सय रुपैयाँ व्यवसायीले लिने गरेका छन्। फेवातालका बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय ६७ वटा डुंगा सञ्चालन हुने गरेका छन्।

    ती घाटमा चार सय १० जना चालक रहेको र तीमध्ये २५ जना महिला रहेको जानकारी अध्यक्ष गिरीले दिए। फेवातालमा सयौँवर्षदेखि डुंगा सञ्चालन हुने गरेको भए पनि संस्थागत र व्यावसायिक रुपमा विसं २०५२ देखि सञ्चालन हुँदै आएको अध्यक्ष गिरीले जानकारी दिए।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational