Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २१ गते, बिहीबार समय १७:३५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान

प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु

प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

लोकप्रिय समाचार

  • 1. ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
  • 2. देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
  • 3. प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
  • 4. प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
  • 5. निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

तीन अन्तर्राष्ट्रिय संस्थाले औँल्याए ‘सत्य निरूपण विधेयकमा गम्भीर त्रुटि’


  • २०८१ भाद्र ५, बुधबार ०३:२७ गते प्रकाशित
  • तीन अन्तर्राष्ट्रिय संस्थाले औँल्याए ‘सत्य निरूपण विधेयकमा गम्भीर त्रुटि’

    प्रतिनिधि सभाले बहुमतले पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा गम्भीर त्रुटि रहेको तीन वटा अन्तर्राष्ट्रिय संस्थाले औँल्याएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू ह्यूमन राइट्स वाच, इन्टर्न्याश्नल कमिशन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टर्न्याश्नलले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो त्रुटि औँल्याएका हुन् ।

    प्रतिनिधिसभाले बहुमतले पारित गरेको उक्त विधेयक राष्ट्रियसभामा विचाराधीन छ । नेपालका राजनीतिक दलहरूले नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय चासो र पीडितका मागलाई समेत समेटेको बताइरहँदा ती संस्थाहरूले जेनेभाबाट मंगलवार संयुक्त विज्ञप्ति जारी गरी उक्त विधेयकमा त्रुटि औँल्याएका हुन् ।

    नेपालमा सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा न्याय, जबाफदेहिता र उपचार प्राप्त गर्ने विषयमा सकारात्मक प्रावधानहरू समेटिए पनि ‘उद्देश्यअनुरूप सफल परिणाम हासिल गर्ने सवाललाई कमजोर पार्ने खालका व्यवस्थाहरू अझै विद्यमान रहेका’ ती संस्थाहरूको ठम्याइ छ । विधेयकमा भएका कतिपय प्रावधानले नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनी दायित्वविपरीत हुने गरी सम्भावित मानवताविरुद्धका अपराध र युद्ध अपराधलगायत अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका थुप्रै अपराधमा जबाफदेहिताबाट उन्मुक्ति सिर्जना गर्न सक्ने पनि ती संस्थाहरूले औँल्याएका छन् ।

    ‘नयाँ कानूनमा धेरै महत्त्वपूर्ण सुधार र सकारात्मक प्रावधानहरू भए पनि त्यसका केही भाग युद्धको समयमा भएका अपराधहरूमा जिम्मेवारहरूलाई अभियोजनबाट जोगाउने गरी तर्जुमा गरिएको जस्तो देखिन्छ,’ संयुक्त वक्तव्यमा भनिएको छ । पीडकलाई न्यायको कठघरामा उभ्याइएको हेर्न पीडितहरू अझै सङ्घर्षरत रहेको तर्क उनीहरूले गरेका छन् ।

    अन्तर्राष्ट्रिय कानूनअन्तर्गतका गम्भीर अपराधमा जबाफदेहिताको अभावले मानवअधिकारको निरन्तर उल्लङ्घन र दण्डहीनताको सङ्कट निम्त्याउनमा योगदान पुर्‍याइरहेको ती संस्थाहरूको आरोप छ । नेपालमा विगतका सरकारहरू द्वन्द्वकालीन जघन्य अपराधहरूमा सत्य, न्याय र परिपूरण दिलाउन बारम्बार असफल भएका ती संस्थाहरूले स्मरण गराएका छन् । प्रतिनिधिसभाबाट पारित विधेयकले न्याय दिन नसक्नेमा धेरैले चिन्ता व्यक्त गरिरहेका र त्यसमा सुधारका लागि आह्वान गरिरहेका ती संस्थाले बताएका छन् ।

    आरोपित पीडकहरूले निश्चित सर्तहरू पूरा गरेमा र पीडितहरूको सहमतिमा सत्य निरूपण तथा मेलमिलाप आयोगले ती घटनामा माफी दिन सक्नेबारे कानूनको भाषा अस्पष्ट रहेको ती संस्थाहरूले बताएका छन् । ‘विशेष अदालतको कार्यादेशको विस्तार एउटा सुधार भए पनि गम्भीर अपराधका लागि कुनै पनि माफी नेपाली र अन्तर्राष्ट्रिय कानून र मापदण्डविपरीत छ र यसले पीडितको प्रभावकारी उपचार र परिपूरणको अधिकारको उल्लङ्घन हुन्छ,’ वक्तव्यमा भनिएको छ ।

    सम्बन्धित समाचार

    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
    No Image
    प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational