Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ४ गते, शुक्रबार समय ००:१५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित

१२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
१२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?

पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन

जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन

इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा
इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा

लोकप्रिय समाचार

  • 1. संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
  • 2. १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
  • 3. प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
  • 4. पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन
  • 5. जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन

दसैँका लागि लत्ताकपडा र फलफूल बोकेर नेपालतर्फ आएका कन्टेनर खासामै अड्किए

  • २०८१ भाद्र १३, बिहीबार ०६:४२ गते प्रकाशित
  • दसैँका लागि लत्ताकपडा र फलफूल बोकेर नेपालतर्फ आएका चिनियाँ कन्टेनर न्यालम र खासाको बिच बाटोमा अड्किएका छन् । कन्टेनर १४ दिनदेखि न्यालममा रोकिएका हुन् ।

    मुसा, सिल्क, राखेमालगायत ट्रान्सपोर्ट कम्पनीले ढुवानी गरेका एक सय तीन गाडी चिनियाँ कन्टेनर सामान बिच बाटोमा अड्किएको तातोपानी भन्सारले जानकारी दिएको छ । करिब ८० कन्टेनर सामान सबै दसैँका रेडिमेड सामग्री हुन् । दसैँको मुखमा सामान अड्किएको सुनेका तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले आउँदो बिहीबार खासा र न्यालमको स्थलगत निरीक्षण गर्नेछन् ।

    ‘खासा पुनर्निर्माण र अन्य विविध कारणले कन्टेनर अड्किएको सुनेको छु,’ केसीले भने, ‘तथ्य केलाउन म आफैँ न्यालम जान्छु ।’ नेपाल र चीनको भन्सारबीच खासामा बैठक हुन लागेको पनि उनले जानकारी दिए । १४ दिनदेखि न्यालममा अड्किएका चिनियाँ फलफूल कुहिनलागेको छ । लगभग २३ गाडी स्याउ रहेका छन् । चिनियाँ एक कन्टेनरबराबर नेपाली तीन कन्टेनर हुन्छ । स्याउ बोकेका कतिपय टेलर लामोलामो भएकाले खासासम्म आउन सकेका छैनन् ।

    नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ्दोर्जे शेर्पाले खासा पुनर्निर्माणअन्तर्गत बिच भागमा सुरुङ निर्माण जारी रहेकाले टेलर रोकिएको बताए । १४ दिनदेखि न्यालममा रहेका गाडीले पार्किङ भाडा दैनिक एक हजार चिनियाँ युयान तिर्नुपर्छ । ‘चिनियाँ गाडी तातोपानी आउन जति ढिला भयो सामानको मूल्य त्यति नै बढी पर्नजान्छ । पार्किङ भाडा, खानाखाजा र ढिला हुँदा तिर्नुपर्ने बैंकको ब्याज सबै जोडिँदा नेपाली उपभोक्तालाई महँगो पर्नजान्छ,’ शेर्पाले भने । दसैँको समयमा धेरै सामान आउने र गाडी क्युमा बस्नु स्वाभाविक भएको मुसा ट्रान्सपोर्टका नेपाली पक्ष नमस्ते ट्रान्सपोर्टका प्रमुख लोप्साङ शेर्पाले बताए ।

    यद्यपि, भूकम्पपछिको खासा पुनर्निर्माण मात्रैले कन्टेनर रोकिएका छैनन् । चिनियाँ भन्सारले सामान पठाउन ढिलाइ गरेकाले कन्टेनर बिचबाटोमा रोकिएका हुन् । त्यसैगरी न्यालम र खासाको बिचमा सुरुङ निर्माण जारी रहेकाले कन्टेनर अड्किएका छन् ।

    सम्बन्धित समाचार

    संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
    संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
    १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
    १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
    प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
    प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
    No Image
    पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन
    जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
    जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
    इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा
    इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational