काठमाडौं– पारा ओलम्पिकमा तेक्वान्दोमा कास्य पदक जितेकी खेलाडी पलेशा गोबर्धनले सरकारबाट स्वतः ६५ लाख रुपैंया पुरस्कार पाउने भएकी छन्।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ। योसँगै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगीले ५ लाख र तेक्वान्दो संघले ११ लाख ७० हजार पाउने व्यवस्था छ।
२०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्ने नियमावलीमा व्यवस्था छ।
५७ केजी मुनी सर्बियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताउने पलेशा चर्चित खेलाडी बनिन्।
