Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २८ गते, सोमबार समय २१:५२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

लोकप्रिय समाचार

  • 1. एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
  • 2. बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • 3. डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
  • 4. न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
  • 5. प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दही बिक्री गरेर मनग्य आम्दानी

  • २०८१ भाद्र ३०, आईतवार ०६:०३ गते प्रकाशित
  • दही बिक्री गरेर मनग्य आम्दानी

    दाङ – टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँ भरका भैँसीपालन किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५-१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन् । ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए । गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो ।

    राजपुर गाउँपालिका-३ खर्दरियाका लक्ष्मण यादव ६० वर्षको भए । उनी व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका छन् । उनीसँग रहेका २५ भैँसीले दूध दिन्छन । बाबुबाजेले भैँसीपालन गर्दै आएका थिए । त्यही रेखदेख गर्दागर्दै लक्ष्मण पनि भैँसीपालनलाई निरन्तरता दिँदै आएका छन्। पच्चीस भैँसीले दिएको दूध बिक्री गर्न समस्या हुने गरेको उनले बताए ।

    खर्दरियामा यादव समुदायको झण्डै तीन सय घर छन् । हरेकको घरमा १० देखि २० वटासम्म भैँसी छन् । उत्पादन भएको सबै दूध गाउँमा बिक्री गर्न सम्भव छैन । उनीहरूले बेलुकाको दूध जम्मा गरेर दही बनाउने र बजारमा बिक्री गर्ने गरेको छ । “घोराही पुग्नलाई रु एक सय भाडा लाग्छ । दैनिक रु. दुई हजारदेखि रु. दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ”, यादवले भने। दैनिक २५ लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु. ३० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।

    यस्तै राजपुर गाउँपालिका-३ खर्दरियाका झाबु यादव ५० वर्षका भए । उनीसँग एक सय वटा दूध दिने भैँसी छन् । राजपुरबाट घोराही, तुलसीपुर, लमहीमा दही बिक्री हुने गरेको छ । भैँसीको दूध-दही बिक्री गरेर उनले छोराछोरी पढाउँदै आएका छन् । “गाउँमा सबैको घरमा भैँसी छन् । भैँसी नभएकाले पनि सस्तो मूल्यमा किन्न खोज्छन्, त्यसैले गाउँमा दही बिक्री गर्न मन लाग्दैन”, यादव भन्छन् “राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेका छौँ।”

    गाउँभरिका भैँसीपालक किसान दही बोकेर बिक्री गर्न बजार जाने गरेका छन् । गाउँघरमा प्रतिलिटर रु. २०-२५ मा बिक्री हुने दही बजारमा पुर्‍यायो भने रु. एक सयमा बिक्री हुन्छ । यसरी कमाएको पैसाले छोराछोरीको पढाइ खर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउँछन् । बिहानको दूध डेरीले लैजान्छन्, बेलुकाको दूध बिक्री गर्ने ठाउँ नहुँदा दही बनाएर बिक्री गर्ने गरेको उनले बताए। दूध राख्नलाई सरकारले डिपफ्रिजको सहयोग गरेमा दूध, दहीबाट आम्दानी गरेर जीविका चलाउन सकिने यादवले बताए। दूध ट्याक्टरको व्यवस्थापन गरेमा आफूहरूलाई राहत मिल्ने उनको धारणा छ ।

    व्यावसायिक भैँसीपालनका लागि खरदरिया उपयुक्त स्थान मानिन्छ । यहाँका अधिकांश बासिन्दाले १० देखि एक सय वटासम्म भैँसीपालन गरेका छन् । भैँसीको दूध बिक्रीबाट आएको आम्दानीले छोराछोरी पढाउने र घरखर्च चलाउन सहज भएको छ । सोही ठाउँका भैँसीपालक किसानले गोठ सुधार, घाँस काट्नलाई चारामेसिन, बीउका लागि उन्नत जातको राँगा र दूध संकलनका लागि डेरीको माग गरेका छन् । परापूर्व कालदेखि भैँसीपालनबाट जीविका चलाउँदै आएका यादव समुदायले सरकारको सहयोग भएमा व्यवस्थित तरिकाले भैँसीपालन गर्ने सोच बनाएका छन् ।

    सम्बन्धित समाचार

    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational