Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ जेष्ठ १२ गते, आईतवार समय ०७:५०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश

रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

लोकप्रिय समाचार

  • 1. रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
  • 2. सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
  • 3. रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
  • 4. राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
  • 5. चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

भाद्र शुक्ल चतुर्दशी : आज इन्द्रजात्रा मनाइँदै


  • २०८१ आश्विन १, मंगलवार ०४:४४ गते प्रकाशित
  • भाद्र शुक्ल चतुर्दशी : आज इन्द्रजात्रा मनाइँदै

    काठमाडौँ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

    आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुन्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दश अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।

    यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

    अनन्त चतुर्दशी

    भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रणगरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

    श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणबस जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमाका दिन इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

    सम्बन्धित समाचार

    रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
    रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
    रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
    रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
    राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
    राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
    चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
    चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
    प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
    प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational