Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ५ गते, मंगलवार समय २३:३९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो

आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य

मतपत्र छपाइ सकियो
मतपत्र छपाइ सकियो

हात्तीको कहरबाट जोगाउनेलाई मत
हात्तीको कहरबाट जोगाउनेलाई मत

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

लोकप्रिय समाचार

  • 1. दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
  • 2. आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
  • 3. मतपत्र छपाइ सकियो
  • 4. हात्तीको कहरबाट जोगाउनेलाई मत
  • 5. प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

सगरमाथा क्षेत्रमा एक महिनामा ९ हजार पर्यटक पुगे


  • २०८१ कार्तिक १०, शनिबार ०२:२५ गते प्रकाशित
  • सगरमाथा क्षेत्रमा एक महिनामा ९ हजार पर्यटक पुगे

    सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

    जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताए ।

    “यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवागमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भने ।

    सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन् भने कतिपय काठमाडौँबाट सडक मार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।

    सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

    पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।

    सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

     

     

    सम्बन्धित समाचार

    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    मतपत्र छपाइ सकियो
    मतपत्र छपाइ सकियो
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational