Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २ गते, बिहीबार समय २०:२९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)

रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन

टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

लोकप्रिय समाचार

  • 1. कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
  • 2. रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
  • 3. निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
  • 4. टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
  • 5. कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?


  • २०८१ कार्तिक २३, शुक्रबार ०५:२३ गते प्रकाशित
  • अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

    डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा ७४ दिन कुर्नुपर्नेछ । वास्तवमा, अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार, पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्दछन् ।

    यस प्रक्रिया अन्तर्गत, नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छ र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ ।

    यस प्रक्रियाका कारण डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह जनवरी २० मा मात्र हुने छ । त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् ।

    तथापि, बाइडेनसँग राजनीतिक रूपमा धेरै सीमित शक्ति र अधिकार हुनेछ । निर्वाचनपछि नयाँ राष्ट्रपतिले शपथ लिने दिनसम्मको अवधिलाई प्रेसिडेन्सियल ट्रान्जिसन भन्ने गरिन्छ ।

    के हो प्रेसिडेन्सियल ट्रान्जिसन ?

    राष्ट्रपित पदका उम्मेदवारले निर्वाचन जितेपछि शपथसम्मको समयलाई ट्रान्जिसन भनिन्छ । यो ट्रान्जिसनको तयारी निर्वाचित राष्ट्रपतिको गैर नाफामूलक ट्रान्जिसन टोलीले गर्छ । यो टोली निर्वाचन अभियानभन्दा फरक हुन्छ र यसको आफ्नै स्टाफ र बजेट हुन्छ । तर प्रशासनले वजेटको स्वीकृति भने दिनुपर्छ जुन भइसकेको छ ।

    अमेरिकामा सबै राज्यले डिसेम्बर २४ सम्म आफ्नो राज्यको निर्वाचनको नतिजा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसपछि जनवरी २० मा शपथग्रहण कार्यक्रम हुन्छ । जनवरी २० सम्म बाइडेन राष्ट्रपतिकै रुपमा कायम रहन्छन् ।

    यस अवधिमा पुरानो प्रशासनले नयाँ आउने राष्ट्रपतिको टिमलाई विश्वभर भइरहेका गतिविधिहरु र अमेरिकी कामकारबाहीको विषयमा जानकारी दिने बताइन्छ । अमेरिकाको सीआईएसहितका सबै गुप्तचर संस्था र अन्य महत्वपूर्ण जानकारी पनि निर्वाचित राष्ट्रपतिलाई दिइने बताइएको छ ।

    किन हुन्छ ट्रान्जिसन ?

    निर्वाचित राष्ट्रपतिले २० जनवरीमा शपथ लिएसँगै कुनै पनि काम नरोकिउन भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको हो । साथै बीचको अवधिमा पनि कुनै काम नरोकियोस् भन्नका लागि यो प्रक्रियाको व्यवस्था गरिएको हो ।

    पार्टनर फर पब्लिक सर्भिसको सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसन अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार र उनको टोलीलाई नयाँ प्रशासन वा राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गर्न सहयोगका लागि जानकारी तथा संसाधन उपलब्ध गराउने एक निष्पक्ष माध्यम हो । यसले ट्रान्जिसन लागू गर्नमा सहयोग गर्छ ।

    यो सेन्टरले निवर्तमान राष्ट्रपतिको दोस्रो कार्यकालको तयारीको लागि पनि सहयोग गर्छ भने नयाँले जितेको अवस्थामा निवर्तमान राष्ट्रपतिलाई पनि सजिलै सत्ता हस्तान्तरणको लागि जरुरी कदमको विषयमा सल्लाह दिन्छ ।

    यसले सन् २०२४ प्रेसिडेन्सियल ट्रान्जिसन गाइड जारी गरेको छ । यसमा नयाँ नेतृत्वको लागि आवश्यक सबै चरणको विषयमा जानकारी दिइएको छ । यसमा उल्लेख गरिएअनुसार निर्वाचन भएको मितिभन्दा अघिदेखि नै ट्रान्जिसन बनाउने काम सुरु गर्नुपर्छ । त्यसका लागि संगठन तयार गर्ने, लक्ष्य तयार पार्ने र आफ्नो प्राथमिकता हासिल गर्न आवश्यक कदम चाल्नुपर्छ ।

    यद्यपि अहिले ट्रम्पले निर्वाचनमा जित हात पारेर ट्रान्जिसन प्रक्रिया सुरु भए पनि अझै पनि राष्ट्रपति बाइडेनले आफ्नो फैसला लिन पाउँछन् र उनको फैसलामा ट्रम्पले हस्तक्षेप गर्न भने पाउँदैनन् ।

    ट्रान्जिसनको प्रक्रियामा ह्वाइट हाउस र राष्ट्रपतिको कार्यालयको कर्मचारी नियुक्ति महत्वपूर्ण काम हो । त्यसका सँगै चार हजारभन्दा धेरै राष्ट्रपतीय नियुक्ति गरिन्छ । यसमध्ये १२ सयभन्दा धेरै नियुक्तिमा माथिल्लो संसद सिनेटको अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यस पटक ट्रम्पको पार्टी रिपब्लिकनले बहुमत हासिल गरेको हुनाले यसमा सिनेटको सहज सहयोग हुने विश्वास गरिएको छ । साथै यो प्रक्रियामा निर्वाचन प्रचारको क्रममा गरिएको प्रतिबद्धताको आधारमा नयाँ प्रशासनले नीतिको प्रारुप तयार पर्ने गर्दछ ।

    यसमा कार्यकारी आदेश, व्यवस्थापकीय एजेण्डा, बजेट प्रस्ताव र सम्भावित कानुनको योजना बनाउने जस्ता काम सामेल हुन्छन् ।

    कहिले सुरु हुन्छ टान्जिसन ?

    ट्रान्जिसनको औपचारिक सुरुवात निर्वाचनको नतिजा आएपछि हुन्छ । सन् १९६३ को प्रेसिडेन्सियल ट्रान्जिसन ऐन अनुसार जीएसएलाई राष्ट्रपतिको टोलीलाई कार्यालय र अन्य संसाधन सुम्पिने जिम्मेवारी दिइएको छ । सन् २०१० मा यो कानुनमा भएको संशोधनअनुसार प्रमुख पार्टीका उम्मेदवारलाई सरकारी सहायता पहिला नै सुरु गर्ने अनुमति दिइएको छ । यसमा उनीहरुलाई कार्यालय, कम्प्युटर र सेवाको प्रयोग मनोनयन दर्ता भएसँगै प्रयोग गर्ने अनुमति दिइएको थियो । यस वर्ष गत अगष्टमा मनोनयन दर्ता भएको थियो । यद्यपि ट्रान्जिसनको अवधिमा नयाँ निर्वाचित उम्मेदवारको टोलीले भने पदासीन राष्ट्रपतिको निर्णयमा कुनै किसिमको दखल पुर्‍याउन सक्दैन ।

    ट्रान्जिसनमा यति धेरै समय किन लाग्छ ?

    सामान्य हिसाबमा ट्रान्जिसनको लागि ११ साताको समय लाग्छ । यो नोभेम्बरको सुरुवातमा मतदानको दिनदेखि शपथ ग्रहणको मितिको बीचको अवधि हो । यद्यपि निर्वाचनको नतिजा आउनमा ढिलाइ भए ट्रान्जिसनको अवधि घटाउन सकिन्छ । यस वर्ष मतगणना सामान्य रुपमा नै सम्पन्न हुनेक्रममा रहेकाले यो प्रक्रिया नियमित रुपमा तोकिएको समयमै संचालन हुने भएको छ ।

    ट्रान्जिसनको प्रक्रिया पूरा गर्ने पैसा सरकारी र निजी कोषबाट जुटाउने गरिन्छ । जीएसए प्रशासनसँग ट्रम्पको ट्रान्जिसन टोलीलाई ६० लाख डलर दिने कानुनी अधिकार छ । यो रकमका साथै ट्रम्पले पनि अनुदानबाट आफ्नो ट्रान्जिसनका लागि रकम जुटाउन पाउने व्यवस्था छ ।

     

    सम्बन्धित समाचार

    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational