Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ जेष्ठ १२ गते, मंगलवार समय ०८:५२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने

अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने

पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने

प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा
प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा

नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता
नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता

लोकप्रिय समाचार

  • 1. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
  • 2. बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
  • 3. अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
  • 4. पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
  • 5. प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा

जनकपुरले जित्यो एनपीएल उपाधि

  • २०८१ पुष ६, शनिबार १०:३६ गते प्रकाशित
  • जनकपुरले जित्यो एनपीएल उपाधि

    काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।

    जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन् । उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन् । जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो । पहिलो विकेटका रूपमा कप्तान आसिफ शेखलाई गुमायो। आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए। उनी सैफ जैबको बलमा ब्रान्डन म्याकमुलेनको हातमा क्याच भए ।

    दोस्रो विकेट १० औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो । उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए । १२औं ओभरको पहिलो बलमा लाहिरु मिलान्थाले जीवन दान पाए । उनले दिपेन्द्र सिंह ऐरीको बलमा उनकै हातबाट क्याच मिस भएका हुन् । त्यतिबेला ६६ रनमा खेलिरहेका थिए । उनको विकेट जनकपुरको तेस्रो विकेटका रूपमा स्कट केग्गेलिनबाट कट एण्ड बोल्ड भए । उनले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ६१ रनको साझेदारी बनाए ।

    जेम्स निसामले भने ७ बलमा ४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए । पाँचौं विकेट आकाश त्रिपाठी रन आउट भए। उनी २ रनमै रन आउट भए । हर्ष थाकर ३० रन र मयन यादव २ रनमा अविजित रहे। सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १÷१ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए । ब्रान्डन म्याकमुलेन र हर्मप्रित सिंहले समान १४–१४ रन बनाए । स्कट केग्गेलिनले १३ रन बनाउँदा अन्य कोहीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३-३ विकेट लिए । जेम्स निसम, ललित राजवंशीले समान १-१ विकेट लिए । जनकपुरले सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटको हार व्यहोरेको थियो ।

    सम्बन्धित समाचार

    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
    बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
    बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने
    अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
    अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
    पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
    पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
    प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा
    प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सपना प्रधान मल्ल बसिन् २० दिने बिदामा
    नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता
    नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational