Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २६ गते, आईतवार समय १६:५२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

लोकप्रिय समाचार

  • 1. सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • 2. आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
  • 3. मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
  • 4. निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
  • 5. निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

बजेट अभावमा गैँडा गणना अन्योलमा

  • २०८१ फाल्गुन १८, आईतवार ०७:३४ गते प्रकाशित
  • बजेट अभावमा गैँडा गणना अन्योलमा

    चितवन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् ।

    विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरु खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो।

    निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने भएको थियो । ‘परियोजनाले रुण् ५० लाख बराबरको सामग्री दिने तयारी थियो । गणना सम्पन्न गर्न रु एक करोड ५० लाख हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ’, उनले भने ।

    जल जङ्गलसँगै विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका सङ्घ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । उनका अनुसार आगामी चैतभित्रमा गणना गरिसक्नुपर्ने हुन्छ । चैत ५ गतेदेखि २५ गतेसम्म गणना गरेर वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो । उनले भने, ‘चैत महिना कटेपछि गणना गर्न सकिंदैन । कम्तीमा १० दिन पूर्व तयारी गर्नुपर्छ ।’ अन्तिम समयमा आएर दातृ निकायको कार्यक्रम अन्योलमा परेपछि विभागको गणना कार्यक्रम प्रभावित हुने देखिएको उनले बताए ।

    विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलताले अन्तिम तयारीका बेला गणना प्रभावित बनेको बताए । यस विषयमा मन्त्रालयमा छलफल गरेर बजेट प्राप्त हुन सकेमा काम हुने अन्यथा स्थगन गर्न बाध्य हुने उनको भनाइ छ । आउँदो वर्ष बाघ गणना गर्नुपर्ने हुन्छ । दुवै कार्य एकै पटक सम्भव नहुने भएकाले यस वर्ष गैँडा गणना गर्न सकेमा अर्काे वर्ष बाघ गणना गर्न सहज हुने उनको भनाइ छ ।

    गैंडाको अनुगमन भइरहेको भएपनि यकिन तथ्याङ्क र अवस्था पत्ता लगाउन गणना गर्ने गरिन्छ । सन् २०२१ मा गैँडा गणना गरिएको थियो । गणनासँगै कुन क्षेत्रमा कति गैंडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ । चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा छन् । तीमध्ये सबैभन्दा बढी चितवनमा छन् । सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ ।

    एकसिङ्गे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, सन् १९९५ मा गैँडा ४६६ रहेको विभागको तथ्याङ्क छ । यसैगरी सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ पुगेको थियो ।

    सम्बन्धित समाचार

    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational