Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ १० गते, शुक्रबार समय ००:२४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रेशम चौधरीको उम्मेदवारी खारेज

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक

आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

लोकप्रिय समाचार

  • 1. रेशम चौधरीको उम्मेदवारी खारेज
  • 2. जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
  • 3. फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
  • 4. महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
  • 5. प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक

हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

  • २०८१ फाल्गुन १८, आईतवार ०७:२९ गते प्रकाशित
  • हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

    बागलुङ– पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ। सेताम्य हिउँले ढाकेको जंगल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

    हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन्। शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए।

    समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताए। बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उनको भनाइ छ।

    पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको घर्तीले बताए। पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उनले जानकारी दिए। यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ।

    उनले भने, ‘लामो समय खडेरी पर्‍यो, गर्मी सुरु हुने बेला हिउँ परेपछि टाढाटाढाबाट हिउँ खेल्न सयौँको संख्यामा आन्तरिक पर्यटक यहाँ आएका छन्, अझै चार–पाँच दिन हिउँ पग्लिदैन, हिउँ पग्लेर नसकिँदासम्म यस्तै चाप हुन्छ, तीनवटै जिल्लाबाट घुम्न आउने पर्यटकले यतिबेला पातिहाल्नेमा निकै रमाइलो भइरहेको छ।’

    बाक्लो हिउँ परेको हुँदा पातिहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन्। करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ। हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न जानुभएका विकास क्षेत्रीले बताए।

    यसभन्दा अगाडि पनि साथीसँग बर्खाको समयमा घुम्न आएको सुनाउँदै शनिबार सात जनाको समूह भएर हिउँ खेल्न पुगेको उनको भनाइ छ।

    ‘पहिले बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना निकै टाढा होला भन्ने लागेको थियो तर नजिक रहेछ, दुई घण्टामै यहाँ आउन सकिने रैछ, हिउँले पातिहाल्ने र माथिल्लो डाँडा ढपक्क हिँउले ढाकिएको देख्दा निकै रमाइलो भयो,’ उनले भने, ‘हामीहरू मोटरसाइकलमा गएका थियौँ, हिउँमा मोटरसाइकल चिप्लिएर समस्या हुँदोरहेछ, एकै दिन सयौँको संख्यामा हिउँ खेल्न पुगेका रहेछन्।’

    एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ। उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन्। पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय ३५ किलोमिटर पश्चिममा पर्छ।

    सम्बन्धित समाचार

    No Image
    रेशम चौधरीको उम्मेदवारी खारेज
    जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
    जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
    फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
    फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
    महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
    महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
    प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
    प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
    आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने
    आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational