काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
सीआईबीका प्रवक्ता खड्काका अनुसार पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् ।
जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।