Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २ गते, बिहीबार समय २१:२९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)

रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन

टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

लोकप्रिय समाचार

  • 1. कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
  • 2. रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
  • 3. निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
  • 4. टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
  • 5. कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

अमेरिकाबाट फर्केर पुर्ख्याैली जग्गामा कृषि उद्यम गर्दै सुशील

  • २०८१ चैत्र १, शुक्रबार ०८:०३ गते प्रकाशित
  • अमेरिकाबाट फर्केर पुर्ख्याैली जग्गामा कृषि उद्यम गर्दै सुशील

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्याैली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गरेका हुन् ।

    मंगला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् । ‘हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए’, खड्काले भने, ‘जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।’

    अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गरेका छन् । खड्काको सातबिसेमा एक सय रोपनी पुर्ख्याैली जग्गा छ ।

    सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका सुशील सन् २०१५ मा नेपाल आएका थिए ।

    कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उनलाई पुख्र्याैली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गरेका छन् । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन्

    केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाएकी छन् । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गरेका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा छन् । आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उनको योजना छ । ‘देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवद्र्धन गर्ने मेरो उद्देश्य हो’, खड्काले भने, ‘जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।’

    सम्बन्धित समाचार

    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational