Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ जेष्ठ १२ गते, आईतवार समय ०८:२८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश

रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

लोकप्रिय समाचार

  • 1. रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
  • 2. सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
  • 3. रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
  • 4. राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
  • 5. चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

चालु आवको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर


  • २०८१ चैत्र १४, बिहीबार ०६:५६ गते प्रकाशित
  • चालु आवको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर

    काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो । दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजनपछिको जिडिपी वृद्धिदर भने दुई दशमलव दुई प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

    “दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्”, कार्यालयले भनेको छ, “खासगरी यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।”

    मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये दुईओटामा ऋणात्मक वृद्धिको अनुमान गरिएको छ । विद्युत् तथा ग्यास क्षेत्रमा चार दशमलव आठ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा दुई दशमलव सात प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।

    मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४ दशमलव दुई प्रतिशत वृद्धिदर रहेको छभने खानी तथा उत्खनन क्षेत्र नौ दशमलव पाँच प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।

    यसैगरी, निर्माण सामग्रीहरूको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव एक प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । उत्पादनमूलक उद्योगको वृद्धिदर सात दशमलव चार प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर छ दशमलव छ प्रतिशत हुने अनुमान गरिएको छ । व्यापार क्षेत्रको वृद्धिदर छ दशमलव एक र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर चार दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

    मुलुकको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु¥याउने कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । “धानको उत्पादनमा भएको वृद्धिका साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ”, सार्वजनिक विवरणमा भनिएको छ ।

    अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण केही विस्तार देखिएको जनाइएको छ ।

    यस्तै, औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ । दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

     

    सम्बन्धित समाचार

    रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
    रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौँ, तर दुःखी छौँ
    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको आदेश
    रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
    रवि लामिछानेको रिटको आदेशको पूर्णपाठ
    राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
    राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
    चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
    चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
    प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
    प्रतिनिधिसभामा सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational