Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ मंसिर ३० गते, सोमबार समय ०७:५४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि

‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की
‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान
निर्वाचन ८२ दिन बाँकी : समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन

लोकप्रिय समाचार

  • 1. लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
  • 2. ‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की
  • 3. निर्वाचन ८२ दिन बाँकी : समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान
  • 4. मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ
  • 5. विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

ढोरपाटनमा सुरु भयो सिकार याम, आउन थाले बिदेशी

  • २०८१ चैत्र १७, आईतवार ०७:३३ गते प्रकाशित
  • ढोरपाटनमा सुरु भयो सिकार याम, आउन थाले बिदेशी

    काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरि ३५ वन्यजन्तुको सिकार हुने भएको हो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।

    दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरि ६ वटा कम्पनीले अनुमति पाएका छन्। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन्।

    यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए। दोस्रो याम (फागुन–वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन्। अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उनले बताए।

    रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ। यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिए। उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेका हुन्।

    त्यसैगरि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए। रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन्। ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन्। उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उनले जानकारी दिए।

    नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन्। यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदीले बताए।

    ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन्। यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको सुवेदीले बताए। उनका अनुसार एउटा झारलको ८ लाख, नाउराको ६ लाख २५ हजार ५०० रुपैयाँ तोकिएको छ।

    यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए। दोस्रो याममा एक करोड २६ लाख राजस्व संकलन भएको उनले बताए। सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ। ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ। पहिलो (असोज–मंसिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ।

    सम्बन्धित समाचार

    लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
    लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
    ‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की
    ‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की
    निर्वाचन ८२ दिन बाँकी : समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान
    निर्वाचन ८२ दिन बाँकी : समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान
    मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ
    मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ
    विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
    विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
    जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन
    जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational