प्रवासी नेपाली मञ्च अमेरिका मेरिल्यान्ड राज्य कमिटीको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले ज्ञानेन्द्र गतराजको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका माहादेश इन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गतराजलाई अध्यक्ष चयन गरेको हो भने उपाध्यक्षमा रेमन थापा मगर, सचिवमा पी आर देवकोटा, उपसचिवमा निर्भिक ठकुरी तथा सदस्यहरूमा सुवास पोखरेल, योगेन्द्र खत्री र पदम मरासीनी निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्न विशेष अतिथिको रूपमा मदन भण्डारी फाउन्डेशनका सचिव सन्तोष रावल, ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी उद्योग विभागका सदस्य वाई।बी। पन्त, माहादेश कमिटी सदस्य केशव राज लोहनीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा ओएनएफ राष्ट्रिय कमिटी उपसचिव गोविन्द खनाल, बानाका अध्यक्ष सुवोध विलास पन्त, ओएनएफ बुद्धिजीवी विभाग प्रमुख तथा बाना ट्रष्टी अध्यक्ष कुलमणि आचार्यले पनि आफ्नो धारणा राख्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।