Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २१ गते, बिहीबार समय १४:२३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान

प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु

प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

लोकप्रिय समाचार

  • 1. ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
  • 2. देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
  • 3. प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
  • 4. प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
  • 5. निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

  • २०८१ चैत्र १८, सोमबार ०७:३५ गते प्रकाशित
  • झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

    झापा – गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो।

    भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो। गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनु भयो। यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए।

    बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए। सोही अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठछ। २०६२ सालदेखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको भालले बताए।

    पशु चिकित्सक भालका अनुसार हात्तिको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रुपमा कठिन छ। उहाँले तत्कालीन उपायको रुपमा सामुदायमा जनचेतना फैलाउन सके मात्र मानव–हात्ति द्वन्द्व न्यूनीकरण गर्न सकिने बताए।

    डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जङ्गली हात्तिबाट पीडित पाँच सय १० जनालाई राहत वितरण गरिएको छ। जसमध्ये दुई जना घाइतेलाई रु दुई लाख ६१ हजार एक सय २०, घर गोठ क्षति भएका एक सय ४८ घरपरिवारलाई रु २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका एक सय २७ परिवारलाई रु नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका तीन सय ७१ परिवारलाई रु ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ।

    कार्यालयका अनुसार चालु आवमा मन्त्रालयबाट चार मृतकको परिवारलाई जनही रु १० लाखका दरले रु ४० लाख र ३३ जना पीडितलाई रु ५२ लाख ९९ हजार नौ सय २८ राहत वितरण गरिएको छ। पशुचिकित्सक डा भालका अनुसार मृतकका परिवारलाई जनही रु १० लाख, घाइतेलाई अवस्था हेरी रु दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा रु पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा रु १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम् २० हजारसम्म डिभिजन वनले राहत रकम उपलब्ध गराउँदै आएको छ।

    जिल्लामा हात्तिको आक्रमणबाट मानव क्षति बढ्दो छ। यसको दीर्घकालीन समाधान खोज्न नसकिए पनि जनचेतना अभिवृद्धि, उचित राहत व्यवस्थापन तथा प्रभावकारी वन व्यवस्थापनमा ध्यान दिइरहेको डिभिजन वन झापाले जनाएको छ। रासस

    सम्बन्धित समाचार

    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
    No Image
    प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational