Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १९ गते, शनिबार समय ०८:०७
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित

तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू

रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

लोकप्रिय समाचार

  • 1. राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
  • 2. विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
  • 3. तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
  • 4. रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
  • 5. सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

चिम खोलाको भूमे पूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

  • २०८१ चैत्र २१, बिहीबार ०९:३५ गते प्रकाशित
  • चिम खोलाको भूमे पूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

    बेनी । रघुगंगा गाउँपालिका-७ चिम खोलाको भूमे पूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमे पूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको स्थानीयको बुझाइ छ ।

    मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृति पूजाका रूपमा भूमे पूजा गरिने भए पनि चिम खोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ । त्यसमा स्थानीयवासीको साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए । यस वर्ष पनि मंगलबार विधिपूर्वक भूमे र स्थानीय शक्ति पीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उनले बताए । यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मंगलबारको दिनमा भूमे पूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ ।

    गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देश विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यस पटक भूमे पूजा गरेको वडाध्यक्ष थकप्रसाद पाइजाले बताए । “पहिले गाउँका स्थानीयले मात्र पूजा गर्थे, हाल यहाँको भूमे पूजामा हुने मौलिक र अनौठो संस्कृतिले छिमेकी गाउँ र आन्तरिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन् । देश विदेशमा पुगेका स्थानीयवासीसमेत भूमे पूजालाई ठूलो चाडका रूपमा मनाउन आएका छन्”, उनले भने ।

    भूमे पूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ । छ्याङलाई भूमे पूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसीयाली मनाउने चलन रहेको छ । यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् । प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेती बाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् ।

    भूमे पूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुने गर्छ । भूमे पूजाका अवसरमा टोप नाच प्रदर्शन गरिन्छ । छेमाहरूले टोप नाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुर्ख्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाध्यक्ष पाइजाले जानकारी दिए । यस पटक भूमे पूजाका अवसरमा चिम खोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ । भूमे पूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देश विदेशमा छरिएकाहरू चिम खोलामा पुगेका छन् ।

    सम्बन्धित समाचार

    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
    रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    No Image
    १४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational