Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ जेष्ठ ३ गते, आईतवार समय ०६:१३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

कर्मचारीले राजनीति गरे जागिर चट!
कर्मचारीले राजनीति गरे जागिर चट!

एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

लोकप्रिय समाचार

  • 1. वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
  • 2. विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
  • 3. राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
  • 4. कर्मचारीले राजनीति गरे जागिर चट!
  • 5. एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?

डढेलोको डर : बाल्टीमा पानी बोकेर दुई घण्टा छानो माथि


  • २०८१ चैत्र २३, शनिबार ०७:२४ गते प्रकाशित
  • डढेलोको डर : बाल्टीमा पानी बोकेर दुई घण्टा छानो माथि

    पाँचथर- बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात् डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पिर गाउँलेमा थियो ।

    सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि ६ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन् । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो ।बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।

    डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी हुने नै भएन । कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहेका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रबार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बसेका थिए ।

    घरको वरिपरि डढेलोबाट निस्केको धुवाँले ढाकिसकेको थियो । खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपुर्‍याए जोगाउन नसकिने भएपछि उनी करिब दुई घण्टा पानी बोकेर छानो माथि बसे ।

    ‘आगो घरभन्दा करिब ५० मिटर मुनि जङ्गलमा आइसकेको थियो । त्यहाँ बाँसको झाँङ पनि थियो । आगो लागेपछि बाँसका पात हावामा उड्छन । आगो सल्किएका पात र झिल्को खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ’, उनले भने, ‘आगोको झिल्को आइपुग्ना साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेका हौँ ।’

    श्रेष्ठले छिमेकीको छानो रुघ्ने र अरू गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए । उनीजस्तै आगो निभाउने गएका अरू मानिस खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए । करिब १५ घरलाई यसरी छानो रुघेर जोगाइएको श्रेष्ठको भनाइ छ ।

    सुक्खाले अत्यधिक प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ । वनमा लागेको डढेलो हावाहुरीका कारण क्षणभरमा नजिकै रहेका बस्तीमा पस्ने गरेको छ ।

    सङ्घ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाए पनि अझैसम्म सबै घरमा जस्तापाता पुग्न सकेको छैन । वनमा लागेको डढेलो गाउँमा पस्दा आज मात्रै सो स्थानका घनेन्द्र दर्जी बसोबास गर्दै आएको घरको भान्साघर जलेको श्रेष्ठले जानकारी दिए ।

    सोही डढेलो बस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशु चौपायासमेत जलेका छन् ।

    कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परी स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको बिहीबार मृत्यु भएको थियो । बिहीबार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए ।

    आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरूलाई आगोको लप्काले भेटेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते रहेका सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार गरी थप उपचारका लागि आज कीर्तिपुर जलन अस्पताल पुर्‍याइएको कुम्मायक–३ का वडाध्यक्ष बाबुराम कार्कीले जानकारी दिए ।

     

    सम्बन्धित समाचार

    वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
    वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
    विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    कर्मचारीले राजनीति गरे जागिर चट!
    कर्मचारीले राजनीति गरे जागिर चट!
    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational