Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २३ गते, शनिबार समय ०८:३२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, २२६ उमेदवारको जमानत जफत

चितवन २ मा रविको फराकिलो अग्रता कायम
चितवन २ मा रविको फराकिलो अग्रता कायम

काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि
निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि

देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो

लोकप्रिय समाचार

  • 1. म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
  • 2. काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, २२६ उमेदवारको जमानत जफत
  • 3. चितवन २ मा रविको फराकिलो अग्रता कायम
  • 4. काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
  • 5. निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना


  • २०८१ चैत्र ३०, शनिबार १३:२२ गते प्रकाशित
  • यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

    काठमाडौं । अघिल्ला वर्षहरूझै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यसप्रकार छन् :

    राजनीतिक घटनाक्रम

    वैशाख १७ गते– बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) का दमनबहादुर भण्डारी विजयी ।
    वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी ।
    वैशाख २७ गते– नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।
    जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।
    जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।
    जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।
    जेठ २३ गते– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।
    जेठ २५ गते– मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त ।
    असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।
    असार २० गते– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।
    असार २२ गते– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।
    असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।
    असार ३० गते– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।
    साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।
    साउन ८ गते– बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।
    साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
    भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।
    पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।
    चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।
    चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कफ्र्यू आदेश ।
    चैत २० गते– नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन सुरू ।

    कूटनीति

    वैशाख ११ गते– कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण ।
    जेठ २७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी ।
    जेठ २९ गते– राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।
    असार १ गते– राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।
    भदौ १० गते– ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।
    असोज ४ गते– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान ।
    कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान ।
    मङ्सिर १६ गते– प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान ।
    चैत १९ गते– प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।

    अपराध

    वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।
    वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी ।
    जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ।
    कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।
    कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।
    चैत ५ गते– काठमाडौँको टोखाबाट करिब रू २५ करोड बराबरको विदेशी मुद्रा बरामद ।
    चैत २९ गते– काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ ।

    पूर्वाधार निर्माण

    वैशाख ३ गते– नागढुङ्गा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।
    माघ १३ गते– राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ सात महिनामै छिचोलियो ।

    आर्थिक गतिविधि

    वैशाख १५ गते– काठमाडौँमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा ।
    जेठ १५ गते– सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१÷८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै रू १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत
    माघ १४ गते– अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित ।
    चैत ९ गते– एमसिसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता ।

    खेलकुद र पर्वतारोहण

    जेठ ९ गते– कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औं पटक सगरमाथा शिखरमा ।
    जेठ १९ देखि असार १५ गते – संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन ।
    पुस ६ गते– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।

    विविध

    असार ९ गते– अख्तियार दुरूपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा वैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।
    साउन ३० गते– बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित ।
    भदौ १३ गते– मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।
    कात्तिक १४ गते– तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ ।
    मंसिर २ गते– पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन ।
    मंसिर ६ गते– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान ।
    मंसिर २० गते– विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर ।
    फागुन ३ गते– संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।
    – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते ।
    फागुन ४ गते– भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढङ्गबाट मृत्यु ।
    फागुन २९ गते– साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।
    चैत १ गते– उपभोक्ता अदालत गठन ।
    चैत ४ गते– नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त ।
    चैत ९ गते– राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन ।
    चैत ११ गते– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।
    चैत १७ गते– लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन ।
    चैत २४ गते– राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।

    घटना–दुर्घटना

    असार १७ गते– रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु ।
    असार २८ गते– नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता ।
    साउन ९ गते– काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
    साउन २३ गते– काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु ।
    भदौ ३ गते– बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु ।
    भदौ ७ गते– भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते ।
    भदौ ९ गते– रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु ।
    असोज १२ गते– अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते ।
    असोज १३ गते– दुई दिनदेखिको वर्षाका कारण काठमाडौँ आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु ।
    असोज १७ गते– काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको मृत्यु ।
    असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते ।
    मंसिर १४ गते– रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु ।
    माघ २६ गते– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ।

    सम्बन्धित समाचार

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
    No Image
    काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, २२६ उमेदवारको जमानत जफत
    चितवन २ मा रविको फराकिलो अग्रता कायम
    चितवन २ मा रविको फराकिलो अग्रता कायम
    काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
    काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
    निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि
    निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि
    No Image
    देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational