Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २९ गते, शुक्रबार समय १५:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली

स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन

हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु

राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै

ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

लोकप्रिय समाचार

  • 1. प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
  • 2. स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
  • 3. हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
  • 4. राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
  • 5. ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन

चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते


  • २०८२ जेष्ठ ७, मंगलवार ०७:३८ गते प्रकाशित
  • चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

    झापा– नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको बढी जोखिममा रहेको जानकारी दिइन् ।

    उनका अनुसार २०७८ साल साउन १ देखि २०८२ साल जेठ ५ गतेसम्ममा चट्याङबाट एक हजार ११८ घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनको भनाइ छ ।

    ‘घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्’, प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन् ।

    विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएको उनले जानकारी दिइन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।

    प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिइन् ।

    उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।

    नेपालमा विपदबाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनको भनाइ छ ।

    सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले बताए ।

    चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए ।

    मनसुनको समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको जानकारी दिए । त्यस्ता कामहरू मध्याह्न अगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतः न्यूनीकरण हुने उनको भनाइ छ ।

    जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले बताए । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
    प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
    स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
    स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational