बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेपछि दिउँसोदेखि भैरहवामा जम्मा भएका कार्यकर्ताहरू निराश हुँदै घर फर्केका छन् ।
जिल्ला कारागार भैरहवामा रहेका रवि रिहा हुने अपेक्षासहित ठुलो सङ्ख्यामा रास्वपाका कार्यकर्ताहरू भैरहवामा जम्मा भएका थिए।
तर सर्वोच्च अदालतका न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेस गरेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गरेको छ ।
यस्तो आदेश आएपछि भैरहवामा जम्मा भएका रास्वपाका कार्यकर्ताहरूले सर्वोच्चको आदेश स्वीकार गरे पनि आफूहरू दुःखी भएको प्रतिक्रिया दिएका छन् ।
अदालतले दिएको आदेश मान्नुको विकल्प नभएको भन्दै यस्तो आदेशले कार्यकर्ता तथा अन्य शुभचिन्तकलाई दुःखी बनाएको रास्वपाका लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले बताए ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा लामिछाने भैरहवामा कारागारमा थुनामा रहेका छन् ।