Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ३ गते, बिहीबार समय २३:२८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित

१२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
१२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?

पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन

जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन

इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा
इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा

लोकप्रिय समाचार

  • 1. संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
  • 2. १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
  • 3. प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
  • 4. पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन
  • 5. जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन

‘दुई सयको बचत, १० हजारको सहारा’


  • २०८२ जेष्ठ २६, आईतवार ०९:५६ गते प्रकाशित
  • इलाम । विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सिर्जना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ। ७३ घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत संकलन हुँदै आएको छ।

    ‘अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन । सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको छ’, संस्थाकी कोषाध्यक्ष रीना राईले बताइन् । ‘सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम रु १० हजार ऋण उपलब्ध गराउँछ । एक सदस्यले तीन महिनाका लागि ऋण लिन पाउने व्यवस्था छ । तीन महिनाका लागि रु १० हजार ऋण लिएमा जम्मा रु तीन सय ६० ब्याज तिर्नुपर्छ ।’

    सहकारीकी सहसचिव माया राईका अनुसार यो ऋणले बालबच्चाको पढाइदेखि तरकारी खेती, बीउबिजन खरिद जस्ता काममा सदस्यलाई सहुलियत दिएको छ। विसं २०७९ मा स्थापना भएको सो सहकारीमा हाल ७३ परिवार आबद्ध छन् । विदेश गएका वा फर्किएका सदस्यमात्र सामेल हुन पाउने यो सहकारीले आर्थिक समृद्धिको यात्रामा महत्वपूर्ण पाइला चालेको छ । सुरुमा ४० जना सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत संकलन हुँदै आएको हो ।

    वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको छ । विसं २०७६ मा सूर्योदय नगरपालिकाले सामी कार्यक्रमअन्तर्गत २५ जनालाई २४ हप्ते वित्तीय साक्षरता तालिम दिएको थियो। सहकारीका कोषाध्यक्ष राईका अनुसार तालिमले सदस्यहरूमा वित्तीय अनुशासन र सचेतना बढेको छ। तालिमपछि ३० जनाले उद्यमशीलता तालिम पनि लिए, जसअन्तर्गत अचार र बाँसको अचार बनाउने सीप प्राप्त गरेका थिए। तालिमपछि स्थानीय महिलाहरूले मिक्स अचार, अकबरे पेस्ट, आँप र फर्सीको अचार उत्पादन गरी बिक्री गर्न थालेका छन्।

    सचिव हेमकुमारी भट्टराईका अनुसार सामीले दिएको रु सात हजार सहयोगबाट सुरू गरिएको अचार व्यवसायले हालसम्म रु ३५ हजार आम्दानी दिएको छ। मेला र महोत्सवमा मागअनुसार तयारी गरेर बिक्री गरिने गरिएको छ।संस्थालाई गत वर्ष सूर्योदय नगरपालिकाले रु एक लाख बराबरको टेबल, कुर्सी, दराज र र्‍याक सहयोगस्वरूप प्रदान गरेको थियो। सहकारीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार स्थानीय डम्बरसिंह राईले घरभाडामा सहुलियत दिएका छन्। अध्यक्ष अधिकारीले सहकारीका लागि आफ्नै भवन निर्माणको तयारी भइरहेको जानकारी दिए। भवन निर्माणका लागि श्रमदान, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत एकतले भवन वडा नं १३ मा निर्माण गरिने छ।

    सहकारीका अगुवा सदस्य माया राईका श्रीमान् बिदुप्रकाश राई नौ वर्षदेखि मलेसियामा कार्यरत छन् भने कोषाध्यक्ष रीना राईका श्रीमान् नन्दलाल साउदीमा २९ महिना र मलेसियामा आठ वर्ष बसेपछि हाल गाउँमै कृषि, पशुपालन र चियाबारीमा संलग्न छन्। विदेशिएका परिवारको आफ्नै पहल र सहयोगमा सञ्चालित यस सहकारीले गाउँमा रोजगारी र आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको छ। रासस

     

    सम्बन्धित समाचार

    संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
    संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
    १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
    १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
    प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
    प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
    No Image
    पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन
    जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
    जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
    इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा
    इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational