Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार ४ गते, बिहीबार समय १७:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

पाल्पाको ‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै

  • २०८२ जेष्ठ ३०, बिहीबार ११:२५ गते प्रकाशित
  • पाल्पाको ‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै

    पाल्पा– पाल्पाको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नम्बर ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँछन् ।

    यहाँँबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । यहाँ बर्सेनि पर्यटकको चहलपहल बढ्द गएपछि व्यवस्थित घरबास (होमस्टे) सञ्चालन गर्न थालिएको छ ।

    हाल पनि स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई स्वागत गर्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति एक हजार दुईसय रुपैयाँमा स्वागत, साँझको खाजा, लोकल कुखुराको मासुसहितको खाना र बिहानको खाजाको प्याकेज रहेको छ ।

    प्राकृतिक रूपमा सुन्दर जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ । यहाँ भएका होमस्टेलाई थप व्यवस्थित गरी दुवै क्षेत्रलाई होमस्टेको गन्तव्य बनाउने गरी तिनाउ गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले तयारी गरेको छ ।

    यहाँ प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरूलाई एकहप्ते होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिमसमेत दिन थालिएको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जन्तीलुङ्ग र मरामकोटलाई पर्यटकीय गतिविधिमार्फत आम्दानीको स्रोत बनाउने गरी योजना अगाडि सारिएको बताए ।

    पछिल्लो समय होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । पाहुनाले पैसाभन्दा पनिस्थानीय मौलिक खानपान, कलासंस्कृति रोज्ने गरेका छन् । यहाँ आउने पर्यटकको रोजाइलाई ध्यानमा राखेर होमस्टे व्यवस्थित गर्न थालिएको गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताए ।

    हाल जन्तीलुङ्गमा आउने बाटोघाटो राम्रो रहेकाले झुम्सा, चर्चरे र डुम्रेबाट आधा घण्टामै आउन सकिने भएकाले गाउँको आम्दानी र प्रचार–प्रसार गर्न होमस्टे व्यवसाय उत्तम रहेको उपाध्यक्ष थापाको भनाइ छ ।

    होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्यालले होमस्टे व्यवसायबाट नै गाउँलाई आर्थिक रूपमा बलियो बनाउन सकिने बताए । यसबाट गाउँको कृषि उत्पादन, पशुपालन, अन्य किसिमका रोजगारीसमेत बढ्ने र त्यसले पैसा कमाउन विदेश धाउनुपर्ने अवस्थामा समेत कमि आउने उनको विश्वास छ ।

    तिनाउ गाउँपालिकाले होमस्टेमा आउने पाहुनाको लागि जन्तीलुङ्गमा सातवटा र मरामकोटमा दुईवटा नयाँ घर निर्माण गरिरहेको छ ।

    दुवै वडावासीलाई मौरीपालन, बङ्गुरपालन तालिम सञ्चालन गरिसकिएको र अब केही दिनमा तरकारीखेती, बाख्रापालन, खाना पकाउने, अतिथि सत्कार, पाहुना सुत्ने कोठा सजावटसम्बन्धी तालिम र अवलोकन भ्रमण जस्ता कार्यक्रमहरू सञ्चालन गरिने सशक्तिकरण विकास नेपाल पाल्पाकी अध्यक्ष एन्जिना खनालले बताइन् ।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational