Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ जेष्ठ १६ गते, शनिबार समय १८:५६
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ

रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?
रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

लोकप्रिय समाचार

  • 1. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 2. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
  • 3. बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
  • 4. यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
  • 5. रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

ताल गाउँमा विपद् सामना गर्न प्रशिक्षण, उद्धार अभ्यासमा स्थानीयको उत्साह

  • २०८२ असार १२, बिहीबार १३:१४ गते प्रकाशित
  • ताल गाउँमा विपद् सामना गर्न प्रशिक्षण, उद्धार अभ्यासमा स्थानीयको उत्साह

    मनाङ- बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पटक–पटक प्रभावित हुँदै आएको मनाङको ताल गाउँमा तीनदिने विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। नासों गाउँपालिका–१ स्थित तालको खेलमैदानमा असार ९ देखि ११ गतेसम्म सञ्चालन भएको तालिमले स्थानीयमा चेतना र विपद् सामना गर्ने व्यवहारिक सीप विस्तार गरेको छ।

    तालिममा स्थानीय युवा क्लब, आमा समूह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी लगायतका ३४ जना सहभागी थिए। कार्यक्रम हुमेरिका को आर्थिक सहयोगमा HDCS को आयोजनामा, जिल्ला विपद् व्यवस्थापन समिति मनाङको सहकार्य र RNA 16 को प्रविधिक साथमा सम्पन्न भएको हो।

    तालिममा RNA 16 का अनुभवी प्रशिक्षकहरू अरुण साइवु र नीना खैतुले विपद् स्थितिमा बाँच्न सक्ने उपाय, आपतकालीन तयारी, तथा स्थानीय स्रोतको अधिकतम उपयोगबारे व्यवहारिक अभ्यास गराएका थिए।

    पहिलो दुई दिन ‘आधारभूत विपद् तयारी’ मा केन्द्रित तालिममा HDCS–नमुना कम्युनिटी अस्पताल की मनोपरामर्शदाता शोभा ठकुरीले मनोवैज्ञानिक प्राथमिक उपचार (Psychological First Aid) र तनाव व्यवस्थापनबारे प्रशिक्षण दिइन्।
    त्यस्तै, इमर्जेन्सी ईन्चार्ज रामचन्द्र ढकालले प्राथमिक उपचारसम्बन्धी आवश्यक सीप र ज्ञान प्रदान गरे।

    तीनदिने तालिमको अन्तिम दिन आपत्कालीन उद्धार अभ्यास (Emergency Evacuation Drill) समेत गरियो। तल्लो गाउँका स्थानीयवासीहरू सक्रिय रूपमा सहभागी हुँदा गाउँ नै तालिम स्थल बनेको अनुभूति दिइएको थियो।

    तालिमको समापन समारोह नासों–१ का वडाध्यक्ष मिनरस गुरुङको अध्यक्षतामा सम्पन्न भयो। गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा अन्य सबै वडाका अध्यक्षहरूको पनि उपस्थिति थियो।
    वडा सचिव चेतमान श्रेष्ठले स्वागत मन्तव्य दिँदै स्थानीयको सहभागितालाई उच्च मूल्यांकन गरे।

    समापन मन्तव्यमा अध्यक्ष धनबहादुर गुरुङले २०७८ सालमा आएको बाढीको पीडादायी सम्झना गर्दै, “यस्ता अभ्यासले मात्र हामीलाई भविष्यका विपद् सामना गर्न सक्षम बनाउँछ,” भन्दै भावुक अभिव्यक्ति दिनुभयो।

    २०७८ सालमा बाढीले पूर्णरूपमा डुबाएको ताल गाउँमा हाल ५० घरधुरी रहेका छन्। त्यसमध्ये १५ जना जेष्ठ नागरिक, १८ जना बालबालिका, ११५ महिला र ११२ पुरुष गरी कुल २६० जनाको जनसंख्या रहेको छ। हाल गाउँमा ७५ जना जिल्ला बाहिर रहेका छन् भने स्थायी रूपमा १५२ जना बसोबास गरिरहेका छन्।

    गएको त्रासदीको स्मृतिलाई तयारीमा बदल्न सफल बनेको यस तालिमले ताल गाउँलाई अब थप सचेत र विपद्–तैयार समुदायको रुपमा अघि बढाएको छ।

    सम्बन्धित समाचार

    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
    रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
    रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
    रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?
    रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational