Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २९ गते, मंगलवार समय ०२:२२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

लोकप्रिय समाचार

  • 1. एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
  • 2. एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
  • 3. बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • 4. डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
  • 5. न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

  • २०८२ असार २६, बिहीबार ०७:४० गते प्रकाशित
  • उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् ।

    बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट रु. डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए ।

    प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मंगलबार साँझ लोमान्थाङ-४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का-भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठे पुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशु चौपायामा कुनै क्षति नपुगेको जनाइएको छ ।

    अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलहरूमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले बताए ।

    उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशका गरिएको छ । पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए । “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्”, अध्यक्ष गुरुङले भने, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।”

    लोमान्थाङ-२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा संकलन गर्नेहरूले बताएका उनको भनाइ छ । “यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन”, उनले भने ।

    यहाँको लोघेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्च लेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्‍याउने सम्भावना रहेको उल्लेख गरे ।

    सम्बन्धित समाचार

    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational