Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २ गते, बिहीबार समय २१:३०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)

रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन

टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

लोकप्रिय समाचार

  • 1. कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
  • 2. रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
  • 3. निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
  • 4. टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
  • 5. कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

  • २०८२ श्रावण ६, सोमबार १३:१४ गते प्रकाशित
  • मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    मनाङ- हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ। मनाङ भ्रमणमा आउने विदेशी पर्यटकहरुको वार्षिकरूपमा बढ्दै गएका हुन्।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार चार सय ७७ पुरुष, १५ हजार दुई सय ४९ र अन्य छ गरी ३७ हजार सात सय ३२ विदेशी पर्यटकको आगमन भएको छ।

    उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्यांकअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका दुई हजार पाँच सय ५४ र अन्य राष्ट्रका ३५ हजार एकसय ७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

    आर्थिक वर्ष २०८१/८२ मा एक सय ३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उनकाे भनाइ छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार तीन सय ५८ नागरिकले मनाङ भ्रमण गरेका हुन्। फ्रान्सका तीन हजार ६ सय १६ र जर्मनीका दुई हजार आठ सय ४२ नागरिकले भ्रमण गरेका छन्।

    गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए। आर्थिक वर्ष २०८०/८१ मा एकसय २४ राष्ट्रका २२ हजार तीन ७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए। यस वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्यांकमा उल्लेख छ।

    यस वर्षमा इजरायली नागरिकको संख्या अधिक रहेको उनको भनाइ छ। भुजेल भन्छन्, ‘यहाँ आउने पर्यटकको आगमन बढ्ने क्रममा छ। यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन्। पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ।’

    विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ। अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक बढी आउने गरेका छन्। संख्याका आधारमा यी राष्ट्रबाट धेरै हुन्।

    ‘अमेरिका, चीन, रसिया, भारतीय पर्यटक आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएका छन्’ उनले भने। मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ। आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङ बताउँछन्।

    उनी भन्छन्, ‘तीन/चार दिन लगातार बिदा परेको बेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौँ। भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बिस्तारै बढ्दै गएको छ। विशेषगरी हाल मनाङ भ्रमणका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ।’

    आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन। तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेकाे छ। मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन्।

    आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका-९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए। लगातार बिदा भएको समयमा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उनकाे भनाइ छ।

    दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ। कोभिडको संक्रमण र वि.सं. २०७८ को बाढीपहिरा] पछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदैगएको छ। हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ।

    साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनांगे चौताराबाट यात्राको सुरूआत गर्दछन्।

    अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ। काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन्।

    पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खांरसम्म पुग्ने गरेको पाइन्छ। त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन्। रासस

    सम्बन्धित समाचार

    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational