Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २ गते, बिहीबार समय १९:४८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)

रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन

टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

लोकप्रिय समाचार

  • 1. कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
  • 2. रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
  • 3. निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
  • 4. टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
  • 5. कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

सुरु भयो राखीको चहलपहल


  • २०८२ श्रावण १९, आईतवार ०९:५६ गते प्रकाशित
  • सुरु भयो राखीको चहलपहल

    महोत्तरी । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चांग र विद्यापति पञ्चांग प्रचलनमा छन् । दुवै पञ्चांगको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ ।

    साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्म निरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका दिन मनाइने ‘राखी’ विशिष्ट पर्व मानिन्छ ।

    मिथिलामा साउन शुक्लपक्ष सुरु हुनासाथै राखीको चहलपहल सुरु हुन्छ । खासमा यो पर्व दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र समर्पणको प्रतीक मानिन्छ । साउन पूर्णिमा नजिकिएसँगै अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षा बन्धन) पर्वको रौनक छाएको छ । मिथिलामा आउने शनिबार राखी पर्व मनाइँदै छ ।

    पर्व नजिकिएसँगै यहाँ दाजुभाइ दिदीबहिनीबीच प्रेम दर्शाउने गीत गुञ्जँदा छन् । पर्वको तयारीले अहिले सम्पूर्ण मिथिला क्षेत्र राखीमय बन्दो छ । ठूला सहर होउन् वा ग्रामीण परिवेशका बजार होउन्, सबैतिर दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढंगले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । पर्वविशेषमा दिदीबहिनीको चासो र सरिकता बढ्दो छ । अहिले मिथिलामा किशोरी र नवयौवना मिथिलानी एक आपसमा भेट हुँदा गरिने कुराकानी राखीकै तयारीसँग जोडिएको हुने गरेको छ । पर्व आउन एक सातामात्र बाँकी हुँदा दिदीबहिनी आफ्ना दाजुभाइ को कहाँ छन् ? सोधखोज गर्न लागेका छन् । दाजुभाइलाई राखी बाँध्न निम्ता दिनु, आफ्ना दाजुभाइको नाडीमा सुहाउने राखी ठम्याउनु र पर्वका दिन ख्वाउने सरदामबारे तयारी गर्नु मिथिलानीको अहिलेको प्रमुख काम हुने गरेको छ ।

     

    “मैले त भारतको मद्रासमा काम गरिरहनुभएका दाजुलाई राखीको निम्ता दिए, उहाँ आउने/नआउने निधो भने छैन”, भंगाहा-४ की १७ वर्षीया खुश्बु ठाकुर भन्छन् । दाजु आउन नपाए पनि उनको राखी सुरक्षित राखेर घर आउँदा दिइने खुश्बुको भनाइ छ । मिथिलामा कामविशेषले बाहिर गएका दाजुभाइ पर्वमा आउन नसक्ने हुँदा पहिले पहिले खामबन्दी गरी हुलाकबाट पठाइने चलन थियो । अब भने सूचना प्रविधिको विकासले दिनदिनै मोबाइलमा दाजुभाइ हेरेरै कुरा गर्न पाइन थालेपछि यो चलन हराउँदै गएको मिथिलानी सम्झन्छन् ।

    यो पर्व विवाहित चेलीले दाजुभाइ आफ्नै घरमा बोलाएर वा माइत आएर मनाउँछन् । अविवाहित चेलीहरूको त दाजुभाइसँगको एउटै घर भएपछि पर्व मनाउन सहज नै बन्दछ । मिथिलामा दाजुभाइ दिदीबहिनीबीचका मुख्य तीनवटा पर्व परम्परा छन् । साउन शुक्ल पूर्णिमाको राखी, कात्तिक शुक्ल द्वितीयाको भैयादूज (भाइटीका) र कात्तिक शुक्लपक्षकै सामाचकेवा । तीनै पर्वमध्ये राखी वर्षको पहिलो पर्व हुँदा यो विशेष रहँदै आएको बर्दिबास–२ की १८ वर्षीया कीर्ति महतो बताउँछन् ।

    “हामी तीनवटै पर्व हाँसी खुसी मनाउँछौँ, यो (राखी) पहिलो हुँदा बढी रमाइलो लाग्छ”, उनी भन्छन् ।

    मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको मुख्य सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारहाटमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी चेलीहरूको चहलपहल ह्वात्तै बढेको छ । अहिले साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरले पर्वविशेषमा राखी पर्वको अवसर पारेर दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोक चोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको छ ।

    दिदीबहिनीको यो तयारीबीच दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउने योजना बुन्दै छन् । घरबाट कामविशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरू दंग देखिन्छन् । “अइबेर भैया राखीमे ऐबे कर्ता, हम बात कैली” (यसपालि दाजु राखीमा आउने पक्का भयो) भारतको पञ्जावमा रहेका दाजुसँग कुरा गरेकी लोहारपट्टी–१ बगडाकी सुधा दास भन्छिन्, “तीन सादवाद अइबेर पवनीमे भाइबहनके भेट होयवाक निश्चित भेल” (तीन वर्षपछि पर्वमा यसपालि दाजु बहिनीको भेट हुने भएको छ) ।

    पर्वलाई लक्षित गरी अहिले व्यापारी पनि रंगीबिरंगी राखी पसलमा सजाउन व्यस्त देखिन्छन् । पर्वका लागि विभिन्न प्रकारका राखीको माग हुने गरेको हुँदा अहिले आफू दिनरात नभनी पसलमा सामान जुटाउन व्यस्त रहेको बर्दिबास–१ भेलावसन्तचोकस्थित शिवम् भण्डारका सञ्चालक श्याम महतो बताउँछन् । अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरू गंगा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षा बन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको मिथिला क्षेत्रमा विश्वास गरिन्छ । पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरूले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् ।

    पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । खासगरी इस्लाम धर्मावलम्बी युवाहरू आफ्ना हिन्दू साथीका दिदीबहिनीका हातबाट राखी बाँध्ने गरेका छन् । यो पर्वको व्यापकताले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धिमा बल दिएको भंगाहा-३ का समाजशास्त्री शिवराज दाहाल बताउँछन् ।

    सम्बन्धित समाचार

    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति  (सूचीसहित)
    कांग्रेसको विशेष महाधिवेशन ,यस्तो बन्यो केन्द्रीय समिति (सूचीसहित)
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता
    निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational