Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ जेष्ठ ३ गते, आईतवार समय ०५:२९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

कर्मचारीले राजनीति गरे जागिर चट!
कर्मचारीले राजनीति गरे जागिर चट!

एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

लोकप्रिय समाचार

  • 1. वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
  • 2. विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
  • 3. राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
  • 4. कर्मचारीले राजनीति गरे जागिर चट!
  • 5. एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?

‘संकटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’


  • २०८२ श्रावण ३०, बिहीबार १०:२३ गते प्रकाशित
  • ‘संकटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

    गोरखा । अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।

    आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीसँग उनको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन् । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उनको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के !

    “योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचार वटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्”, कुसुन्डाले भने ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उनको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । उनी आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउँछन् । “१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भने, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै पर्‍यो !”

    आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्छन् । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले सुनाए । “दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ”, चेतबहादुरले भने ।

     

    खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उनले बताए । “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनिछन् । हामी आमाछोरा नै जग्गा पाउने आसमा त्यही गयौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्किएँ । आमा पनि म यहाँ आएको केही वर्षपछि फर्किइन्”, चेतबहादुरले भने ।

    उनले २०–२२ वर्षको उमेरमा नजिकै पन्ध्र किलो बस्ने कमला घर्तीसँग बिहे गरे । बिहेपछि दुई पटक कतार र एक पटक साउदी पनि पुगे । उनका दुई भाइ छोरा र एक छोरी छन् । जेठो छोरो ३२ वर्षीय अनिल कुसुन्डा हाल ड्राइभर छन् । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गरेका छन् । उनको दुईभाइ छोरा छन् ।

    छोरी अनिता कुसुन्डाले तेह्रकिलोमै बिहे गरेकी छिन् । कान्छो छोरो २८ वर्षीय अशोक कुसुन्डा हाल वैदेशिक रोजगारीमा छन् । भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अशोकका एक छोरा र एक छोरी छन् ।

    आफ्ना तीनै जना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उनले बताए । “नपढ्नेलाई जति कराए पनि लाग्दैन रहेछ । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्”, चेतबहादुरले भने, “म पनि अक्षर चिन्दिनँ । छोराछोरीले के पढ्थे ।”

    चेतबहादुरकी श्रीमतीको भने मृत्यु भइसकेको छ । “बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन्”, उनले भने, “आफन्तका नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मावली टाढा भयो, आउजाउ छैन ।”

    आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए ? कहाँबाट आएका थिए ? र उनको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर छन् । उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ पनि गरेका छैनन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखपछि आफू खुसी हुने गरेको उनको भनाइ छ ।

    “अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउ बाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला”, उनले भने । आफूहरूले अरू हिन्दुसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए । उनी भन्छन्, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूले जस्तै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौँ । हाम्रो कुलायन पूजामाचाहिँ भाले चढाउनु पर्छ ।”

    सरकारले उनको आठ जना परिवारलाई प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता दिँदै आएको छ । हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो । अब सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थान र संरक्षणका लागि थप कार्यक्रम ल्याउनुपर्ने चेतबहादुरको भनाइ छ । सरकारले आफूहरूको लागि उचित वासस्थानको व्यवस्था मिलाउनुपर्ने उनको माग छ ।

     

    सम्बन्धित समाचार

    वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
    वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
    विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
    कर्मचारीले राजनीति गरे जागिर चट!
    कर्मचारीले राजनीति गरे जागिर चट!
    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational