Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १९ गते, शनिबार समय ००:३१
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित

तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू

रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

लोकप्रिय समाचार

  • 1. राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
  • 2. विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
  • 3. तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
  • 4. रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
  • 5. सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल


  • २०८२ श्रावण ३१, शुक्रबार ०९:४१ गते प्रकाशित
  • पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

    ढोरपाटन (बागलुङ) । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् ।

    बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् ।

    ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा जल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छिटफुट पुग्ने पर्यटक अन्दाजकै भरमा जल्पातालसम्मको यात्रा गरेर फर्कन्छन् ।

    ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्राकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताए ।

    जल्पातालमा अहिलेसम्म पर्यटक पुर्‍याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उनको तर्क छ । तालसम्म पुग्ने पदमार्ग बनाउन जरुरी रहेको उनको भनाइ छ । गोठालाको बासस्थानका रूपमा रहेको जल्पाताललाई पर्यटक उकाल्न पर्यटन बोर्डसँगै स्थानीय, प्रदेश र संघ सरकारले पहल थाल्नुपर्ने उनको सुझाव छ ।

    “गत वर्षसम्म बुकीपाटन ओझेलमा थियो । प्रचारप्रसार र त्यहाँसम्म पुग्ने पदमार्ग लगायतका संरचना बनेपछि अहिले दैनिक एक सय बढी पर्यटक टीकाधारा, गर्पाछेडा पुग्छन्”, उनी भन्छन्, “अब जल्पातालको पनि प्रचारप्रसार गरी पूर्वाधार निर्माण गनुपर्नेछ । पर्यटकको आगमनलाई बढाउनुपर्ने देखिन्छ । हामी स्थानीयका तर्फबाट गर्नुपर्ने जिम्मेवारी हामी पूरा गर्छौँ । राज्यले पनि त्यही अनुसारको कदम चाल्नुपर्छ ।”

    जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रवर्द्धन गर्न सक्ने हो भने कुमारी गन्तव्य भएकाले तालसम्म पुग्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने तनहुँबाट घुम्न पुगेका पत्रकार विनोद ढुङ्गाना बताउछन् । “जल्पातालको दृश्यले देखेपछि लाग्छ स्वर्गको टुक्रा भनेको यहीँ होला”, उनले वर्णन गरे ।

    कोलाहलबाट परको नयाँ गन्तव्यमा पदयात्रा गर्न चाहने आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको उनको भनाइ छ । तर, त्यसका लागि व्यवस्थित पदमार्ग र सूचना बोर्ड राख्नुपर्ने उनले बताए । “ताल निकै मनमोहक छ । वरपरको सुन्दरताले धेरैलाई लोभ्याउँछ । ताललाई पनि थोरै व्यवस्थित गर्नुपर्ने छ । ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ”, ढुङ्गानाले भने, “पूर्वाधारको विकास, प्रवर्द्धनसँगै संरक्षणको आवश्यकता । बुकीपाटनसँगै जल्पाताल पनि पर्यटक आकर्षणको गन्तव्य बन्नेमा शंका छैन ।”

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठाउँठाउँमा सूचना बोर्ड राख्ने र पदमार्ग निर्माण गर्ने बताउछन् । ढोरपाटन उपत्यकाबाट धेरै टाढा रहेको हुँदा नगरपालिकाको स्रोतले मात्र नपुग्ने हुँदा प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर पूर्वाधार निर्माण गर्ने उनको भनाइ छ । जल्पातालसहित ढोरपाटनका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पर्यटन महोत्सव गर्ने योजना बनाएको कायतले बताए।

    उनले भने, “यो ताल अहिलेसम्म ओझेलमा छ, फाट्टफुट्ट ढोरपाटन वरपरका पर्यटकहरू कहिलेकाहीँ पुग्ने गरे पनि अरु ठाउँबाट खासै आउन सकेका छैनन् । आउन् पनि कसरी प्रचार नै छैन । हामीहरूले अब जल्पातालसँग बुकीपाटन क्षेत्रको पनि प्रवर्द्धन गर्नेगरी योजना बनाएका छौँ । यो वर्ष पर्यटकका लागि सूचना बोर्ड र केही ठाउँमा पदमार्ग बनाउँछौँ । अधूरा कामका लागि माथिल्लो निकायसँग सहकार्य गर्नेछौँ ।”

    सम्बन्धित समाचार

    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
    रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    No Image
    १४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational