काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको समापन तथा महत्वपूर्ण हिन्दु पर्व ऋषि पञ्चमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यस पर्वलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकका रूपमा लिइने बताए।
प्रधानमन्त्री ओलीले मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यतालाई जोड दिँदै यस पर्वको महत्वमाथि प्रकाश पारे।
उनले लेखेका छन्, ‘आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी। हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकका रूपमा लिने गरिन्छ।’
प्रधानमन्त्रीले नारी शक्ति र मातृत्वको सम्मान गर्ने यस पर्वका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना समेत व्यक्त गरे।
