Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार ११ गते, बिहीबार समय २३:०४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

आजदेखि खुले चाडपर्व लक्षित सुपथ मूल्य पसल, खसी–च्याङ्ग्रा बिक्री अन्योलमा


  • २०८२ भाद्र ३०, सोमबार १६:३६ गते प्रकाशित
  • आजदेखि खुले चाडपर्व लक्षित सुपथ मूल्य पसल, खसी–च्याङ्ग्रा बिक्री अन्योलमा

    काठमाडौँ- सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभरका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

    यी पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने जनाइएको छ ।

    भदौ ८ गतेको मन्त्रीस्तरको निर्णयअनुसार खाद्यले देशको ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशनले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको थियो । जेनजी पुस्ताको आन्दोलनका कारण प्रभावित क्षेत्रमा भने क्रमिक रूपमा पसल सञ्चालन गरिने जनाएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार आजदेखि पसल सञ्चालनमा आएका छन् । ‘प्रभावित केही स्थानमा आजैदेखि सञ्चालन नभए पनि क्रमिक रूपमा सञ्चालन गर्दै लगिनेछ । केही स्थानमा आजै पूर्वाधारको कमी वा उपकरणको अभावका कारण सञ्चालन नभ्याउन सकिन्छ,’ आचार्यले भने, ‘तर एक हप्ताभित्र सबै ठाउँमा पूर्ण सञ्चालनमा आउनेछन् ।’

    यस्तै खाद्यले खसी–च्याङ्ग्रा बिक्री गर्नेबारे अन्योल बढेको छ । खसी–च्याङ्ग्रा बिक्रीका लागि भदौ १६ गते खाद्यले अनलाइनमार्फत् अग्रिम बुकिङ खुला गरेको थियो । करिब ४० वटाको संख्यामा खसी–च्याङ्ग्रा अर्डर आए पनि अहिलेसम्म खरिद कार्य नभएकाले बिक्री गर्ने या नगर्ने भन्नेबारे अन्योल रहेको आचार्यको भनाइ छ ।

    ‘खसी–च्याङ्ग्रा अनलाइन बुकिङ भइरहेको थियो तर अहिले बन्द गरिएको छ,’ उनले भने, ‘यसपाली खसी–च्याङ्ग्रा ल्याउन सकिन्छ कि सकिँदैन भन्नेबारे मन्त्रालयमा छलफल भइरहेको छ ।’

    हेटौँडा, मकवानपुर, नवलपरासी र दाङबाट खसी–बोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गरिँदै आएको छ । मुस्ताङबाट च्याङ्ग्रा ल्याउन ८–९ दिन लाग्ने र बाटोमा तौल घट्ने तथा मर्ने सम्भावनासमेत हुन्छ । यसकारण च्याङ्ग्रा ल्याउने सम्भावना न्यून रहेको आचार्यले बताए ।

    खसी–च्याङ्ग्रा ल्याउन नसकेमा अनलाइनमार्फत आएको अर्डरका क्रममा अग्रिम भुक्तानी भएको पैसा फिर्ता गरिने उनको भनाइ छ ।

    सुपथ मूल्य पसलमा कुन वस्तुमा कति छुट ?

    खाद्यले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा सबै किसिमका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ । यस्तै गहुँ दाना, चिनी, सबै किसिमका दाल र चना, भटमास, केराउसमेतका गेडागुडीमा प्रतिकिलो ५/५ रुपैयाँ छुट दिइनेछ ।

    यस्तै चिउरा, आँटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइनेछ । जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी–बोका र च्याङ्ग्रामा प्रतिकिलो १०÷१० रुपैयाँका दरले छुट दिने जनाइएको छ । तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर ७÷७ रुपैयाँ छुट दिइनेछ । रैथाने खाद्यवस्तुमा १०÷१० रुपैयाँ छुट दिने जनाइएको छ, जसमा कर्णालीको सिमी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी तथा बासमती चामल छन् ।

    यस्तै साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाइएको छ ।

    खाद्यका पसल कहाँ–कहाँ ?

    खाद्य व्यवस्थाले कोशी प्रदेशमा ११ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । जसअनुसार झापाको मुख्य शाखा कार्यालय बिर्तामोड, ताप्लेजुङ शाखा कार्यालय, मोरङको प्रादेशिक कार्यालय विराटनगर, भोजपुरको शाखा कार्यालय, संखुवासभाको शाखा कार्यालय र हटियागोला बिक्री केन्द्र (भोटखोला गाउँपालिका), सोलुखुम्बु शाखा कार्यालय, ओखलढुंगा शाखा कार्यालय र कालिका खरिद बिक्री केन्द्र (चम्पादेवी गाउँपालिका)मा र खोटाङको शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

    मधेस प्रदेशमा तीन स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । सिरहामा मुख्य शाखा कार्यालय लहान, धनुषामा प्रादेशिक कार्यालय जनकपुर र पर्सामा शाखा कार्यालय वीरगन्जबाट सुपथ मूल्य पसल सञ्चालन गरिने जनाइएको छ ।

    खाद्य व्यवस्थाले बागमती प्रदेशमा पाँच स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । जसअनुसार काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, दक्षिणकाली बिक्री केन्द्र, ललितपुरको नख्खु खाद्य गोदामबाट सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । यसैगरी रसुवाको धुन्चेमा यस्तो पसल सञ्चालन हुनेछ ।

    गण्डकी प्रदेशमा ७ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । कास्कीको बिरौटा बिक्री केन्द्र, तनहुँको विमलनगर बिक्री केन्द्र, गोरखामा शाखा कार्यालय गोरखा र डिपो कार्यालय सिर्दिबास, लमजुङको सुन्दरबाजार खरिदबिक्री केन्द्र, मनाङ शाखा कार्यालय र मुस्ताङ शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

    लुम्बिनी प्रदेशमा १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । रुपन्देहीमा भैरहवा र बुटवल हाटबजार, बाँकेमा मुख्य शाखा कार्यालय नेपालगञ्ज, दाङमा मुख्य शाखा कार्यालय तुलसीपुर, बर्दियामा मुख्य शाखा कार्यालय राजापुर र रोल्पामा शाखा कार्यालय लिवाङ, गुल्मीमा शाखा कार्यालय तम्घास र बलेटक्सार बिक्री केन्द्र रहनेछन् ।

    रोल्पामा पतलाचौर खरिदबिक्री केन्द्र (परिवर्तन गाउँपालिका), घर्तीगाउँ खरिद बिक्री केन्द्र (माडी), सुलीचौर खरिदबिक्री केन्द्र र बडाचौर खरिदबिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । रुकुमपूर्वमा शाखा कार्यालयबाट यस्तो पसल सञ्चालन हुनेछ ।

    कर्णालीका ४२ स्थानमा सुपथ मूल्य सञ्चालन गरिने भएको छ । सुर्खेतमा सिम्ता खरिदबिक्री केन्द्र, चौकुने खरिदबिक्री केन्द्र र पञ्चपुरी खरिदबिक्री केन्द्र, जाजरकोट शाखा कार्यालय, दसेरा डिपो, घोगी डिपो, नायक वडाघाट, चौखा डिपो, रजुतारा बिक्री केन्द्र, कालीमाडी खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ ।

    जुम्लामा शाखा कार्यालय र धापा डिपो, मुगुमा शाखा कार्यालयु, डिपो सोरुकोट, डिपो पुलु र श्रीकोट डिपोबाट यस्तो पसल सञ्चालन हुनेछ । दैलेखमा शाखा कार्यालय, नौमुले बजार खरिदबिक्री केन्द्र, घोडाबास खरिदबिक्री केन्द्र, वेस्तडा बिक्री केन्द्र भगवतीमाई, राकम खरिदबिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । यस्तै डोल्पाको शाखा कार्यालय दुनै, जुफाल डिपो, सर्मी डिपो, काईगाउँ त्रिपुराकोट बिक्री केन्द्र, साल्दाङ बिक्री केन्द्र, धो बिक्री केन्द्र, काककोट बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

    रुकुमपश्चिम शाखा कार्यालय, कालीकोटमा शाखा कार्यालयका साथै डिपो खल्लागाड, डिपो पादमघाट, डिपो थिर्पू, भैसासैना खरिद बिक्री केन्द्र, कुमालगाउँ र आरसीपी बजार खरिद बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । हुम्लामा शाखा कार्यालय हुम्ला, डिपो श्रगर, सर्केगाढ डिपो र यलवाङ बिक्री केन्द्र नाम्खाबाट पसल सञ्चालन हुनेछ ।

    सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । यसमध्ये बझाङमा शाखा कार्यालय, दौलीचौर खरिद बिक्री केन्द्र, थलारा खरिद बिक्री केन्द्र, भातेखोला र तलकोट खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ ।

    कैलालीको धनगढी, डडेलधुराको खलंगा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलंगा बजार र मौवानगर खरिदबिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । यसैगरी बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।

    बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिदबिक्री केन्द्र, दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्रबाट सुपथ पसल सञ्चालन हुनेछ ।

    अछामको शाखा कार्यालय मंगलसेन, सैनाबजार, साफेबगर र कमल बजार खरिदबिक्री केन्द्रबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

    साल्ट ट्रेडिङको पसल कहाँ–कहाँ सञ्चालन हुन्छ ? 

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

    यसैगरी काठमाडौँमा तीनवटा घुम्ती पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङले जनाएको छ । झापाको विर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

    नुवाकोटको त्रिशूली, मकवानपुरको हेटौँडा, चितवनको नारायणगढ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर र दाङ जिल्लामा समेत सुपथ मूल्य सञ्चालन हुने भएको छ । यस्तै, कास्की, बागलुङ, डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, काभ्रेको धुलिखेल, सुर्खेत, बैतडीको पाटन, बाँके नेपालगञ्चमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational