Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार १० गते, बुधबार समय २१:१६
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

कांग्रेस पुनर्गठनका लागि गगनले भने- म साधारण सदस्यमात्र भएर भुइँमा बस्न तयार छु

  • २०८२ आश्विन ५, आईतवार ०८:५३ गते प्रकाशित
  • कांग्रेस पुनर्गठनका लागि गगनले भने- म साधारण सदस्यमात्र भएर भुइँमा बस्न तयार छु

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको व्यापक पुनर्गठन जरुरी भएको बताउँदै दुईवटा विकल्प सुझाएका छन् ।

    शनिबार राति एक भिडिओ सन्देशमार्फत उनले पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका प्रश्नहरूको उत्तर दिने, कमजोरी र गल्तीलाई सच्याउने, सुधार्ने र नयाँ कुरालाई संकल्प गर्ने यो मौका पनि हुने बताए ।

    महामन्त्री थापाले भने, ‘पार्टी रुपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु । म पार्टीको साधारण सदस्यमात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किनकि यो मेरो विषय होइन । मभन्दा माथि पार्टी छ भन्ने मलाई थाहा छ तर पार्टीभन्दा माथि देश छ ।’

    पार्टीको व्यापक पुनर्गठनका निम्ति उनले दुईवटा बाटो देखाएका छन् । पहिलो विकल्पमा पुरानो क्रियाशील सदस्यता नवीकरण, एकरदुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व छान्ने अरु गर्दै जाने थापाको भनाइ छ । अर्को विकल्पमा विशेष महाधिवेशन गर्नुपर्ने उनले सुझाएका छन् ।

    सभापति उपचार गराइरहेको बेला यस्तो असान्दर्भिक कुरा गर्न सुहाउँछ ? भन्दै कतिपयले प्रश्न गरेको भन्दै थापाले भने, ‘हामी कोही पनि संवेदनशीलहीन छैनौं । सभापतिको स्वास्थ्यको बारेमा निरन्तर जानकारी लिइरहेका छौं । सभापति अस्पतालमा भइरहेको बेलामा यो कुरा गरौँ भनेको होइन । सभापतिलाई सोधेर, सभापतिसँग सल्लाहले नै यो कुरा गरौँ भनेको । अझ सभापतिलाई नै तपाईंले पहिलो कदम चाल्नुस् भनेको । तर, एउटा कुरा चाहिँ हो, मनाउने हो, फकाउने हो, तर मान्नुभएन, कोही फकिनुभएन भनेदेखि भने त्यसको आधारमा अब हात उठाउने होइन। अगाडि बढ्ने हो, त्योभन्दा अर्को हामीसँग कुनै बाटो छैन ।’

    देश दनदन्ती जलिरहँदा निभाउन सक्ने तागत राख्नपर्ने भन्दै उनले भने, ‘देश सँगसँगै यो पनि बिर्सनुहुन्न । नौजवानहरूले जुन आगो ओकलेका छन्, त्यसको मर्म हामीले बुझ्नुपर्छ । उनीहरूले चेन्ज खोजेका छन् ।’

    थापाले पार्टी पंक्तिसहित आफैँलाई सोधेका छन्, ‘यत्रो उथलपुथल हुँदा पनि हामीले पार्टीलाई जस्ताको तस्तै राखेर हुन्छ ? टिकाउन सक्छौं ? टिकाउने प्रयत्न गर्नुहुन्छ ? आन्दोलनमा व्यक्त भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बनाउनुपर्ने छ कि छैन ?’

    यसको दोष कसैलाई नदिने भन्दै उनले थपे, ‘म आफैँ कांग्रेसको महामन्त्री छु । मेरो भागको मात्र होइन, म अरु दोष लिन पनि तयार छु । मेरो र अर्का महामन्त्रीको सबैभन्दा ठूलो आजको दिनमा दोष भनूँ, कमजोरी भनूँ, हामीले यो बीचमा सही विषयहरु उठायौँ । मुद्दाहरू उठायौँ । तर, आफूले उठाएको मुद्दालाई कहिले पनि टुंगोमा पुर्‍याउन सकेनौँ । बीचमै छाड्यौँ, त्यो हाम्रो सबैभन्दा ठूलो कमजोरी भयो । तर, यो पटक छाड्दैनौँ ।’

    उनले आफूलाई कतिपयले घाइते र सहिद परिवारलाई किन भेट्न नगएको भनेर सोधेको भन्दै आफूलाई अप्ठ्यारो लागेकाले अहिले जान नसकेको प्रष्टीकरण दिए ।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational