Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ६ गते, बुधबार समय ००:२०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो

आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य

मतपत्र छपाइ सकियो
मतपत्र छपाइ सकियो

हात्तीको कहरबाट जोगाउनेलाई मत
हात्तीको कहरबाट जोगाउनेलाई मत

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

लोकप्रिय समाचार

  • 1. दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
  • 2. आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
  • 3. मतपत्र छपाइ सकियो
  • 4. हात्तीको कहरबाट जोगाउनेलाई मत
  • 5. प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु


  • २०८२ कार्तिक २, शनिबार १७:४६ गते प्रकाशित
  • पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु

     

    काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ।

    खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ।

    शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ।’

    एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

    तीनै खेलाडी पक्तिका प्रान्तको राजधानी शरानामा भएको मैत्रीपुर्ण क्रिकेट खेलमा सहभागी हुन गएका थिए। खेल सकेर घर फर्किएपछि उनीहरू स्थानीय जमघटमा सहभागी भइरहेका बेला हवाई आक्रमणको निशाना बनेका थिए।

    विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनामा उरगुन जिल्लाका खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित अन्य पाँच जना सहनागरिक मारिएका छन् भने सात जना घाइते भएका छन्। यो अफगानिस्तानको खेल समुदायका लागि ठूलो क्षति हो।’

    एसीबीले शोक सन्तप्त परिवारहरू र पक्तिका प्रान्तका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै आगामी नोभेम्बर अन्त्यतिर पाकिस्तान र श्रीलंकासँग आयोजना गर्न लागिएको त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलाबाट अफगानिस्तानले आफ्नो सहभागिता फिर्ता लिने निर्णय गरेको जनाएको छ।

    विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनाप्रति श्रद्धाञ्जलि र सम्मानस्वरूप अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तान समावेश त्रिदेशीय टी–२० आई श्रृंखलामा भाग नलिने निर्णय गरेको छ।’

    एसीबीले आफ्नो सन्देशको अन्त्यमा प्रार्थना गर्दै भनेको छ,‘अल्लाहले सहिदहरूलाई उच्च स्थान प्रदान गरून्, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् र पीडित परिवारहरूलाई यो कठिन समयमा धैर्य र शक्ति प्रदान गरून्।’

    यसअघि शुक्रबार पाकिस्तानले अफगानिस्तानको दक्षिणपूर्वी पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो। जसले हालैको युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको टोलो न्युजले जनाएको छ।

    टोलो न्युजका अनुसार यी आक्रमणहरू उरगुन र बर्मल जिल्लाका आवासीय क्षेत्रमा लक्षित थिए, जसमा उल्लेख्य संख्यामा नागरिक हताहत भएका छन्। यो आक्रमण अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे युद्धविरामको बीचमा भएको हो। जुन तीव्र सीमा संघर्षपछि लागू गरिएको थियो। पाकिस्तानले दोहा वार्ताको निष्कर्ष ननिस्किँदासम्म युद्धविरामको अवधि बढाउन माग गरेको थियो।

    पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै दुबै देशबीच ४८ घण्टे अस्थायी युद्धविराम लागू भएको र वार्ताबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको थियो।

    तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि एक्समा लेख्दै अफगान सेनालाई युद्धविरामको पालना गर्न निर्देशन दिइएको बताए, ‘जबसम्म कुनै प्रकारको आक्रमण हुँदैन, युद्धविराम कायम रहनेछ।’

    सम्बन्धित समाचार

    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    मतपत्र छपाइ सकियो
    मतपत्र छपाइ सकियो
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational